१८ फाल्गुन २०८१, आईतवार
March 2, 2025 Sunday

21.27°C

काठमाडौं

21.27°C

Kathmandu

Feels-like: 20.58

Wind: 5.14

Humidity: 43

Latest
अमेरिकी विदेश नीति परिवर्तन रुसको दृष्टिकोणसँग मिल्दोजुल्दो छ– क्रेमलिन केपी ओली कपको उपाधिमा मच्छिन्द्र र आर्मीको दाबी ‘नशा नशामा, रगत रगतमा’ गीत गाएर भाइरल भएकी राधा बादीको मृत्यु नागरिक लगानी कोषका सहभागीहरूलाई र शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्रमा विशेष छुट सय रुपैयाँको रिचार्ज किन्दा ५० पैसा बीमा कोषमा जाने व्यवस्था गर्नुपर्छः स्वास्थ्यमन्त्री पौडेल तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती अज्ञात रोगले बङ्गुर मर्न थालेपछि किसान चिन्तित ट्राफिक व्यवस्थापन गर्न १८० जना नगर प्रहरीलाई १५ दिने तालिम सुरु च्याम्पियन्स ट्रफीः ग्लेन फिलिप्सले लिए कोहलीको उत्कृष्ट क्याच पार्टीमा लागेको रोगको उपचार खोज्न जनतामा आयौं: प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिष्ट र नेपाली काँग्रेसको भन्दा फरक विचारधारा बनाएर हिँडेको राप्रापा कहिल्यै फुट्दैन्: कमल थापा (भिडियो रिपोर्ट सहित)



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीलाई कहिल्यै नफुटाउने प्रतिज्ञा गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति, भक्तपुरले सोमबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले कम्युनिष्ट र नेपाली काँग्रेसको भन्दा फरक विचारधारा बनाएर हिँडेको राप्रापा अब कहिल्यै नफुट्ने बताउनुभएको हो । अध्यक्ष थापाले आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई व्यक्ति नभइ विचार र नेताको पछि नभइ नीतिको पछि लाग्न पनि आग्रह गर्नु भयो । उहाँले आगामी कार्तिक २७ गतेदेखि काठमाडौंमा पार्टीको केन्द्रिय महाधिवेशन हुने भन्दै नयाँ विधान अनुसार महाधिवेशन गर्न लागेको बताउनुभयो ।

अध्यक्ष थापाले भन्नुभयो, ‘हामी राप्रपालाई कहिल्यै नफुटाउने र फुट्न नदिने अठोटका साथ अघि बढेका छौँ, कम्युनिष्ट र काँग्रेस भन्दा फरक पहिचान बनाउन लागि परेका छौँ, साथै हाम्रो पार्टीको केन्द्रिय महाधिवेशन आगामी २०७८, कार्तिक २७ गतेदसख काठमाडौंमा हुँदैछ, पार्टीको र महाधिवेशन नयाँ विधानअनुसा गरिनेछ, ७५३ वटै गाउँपालिका र नगरपालिकाका अध्यक्षहरु म्हाधिवेशनका प्रतिनिधिहरु हुनेछन्, प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट कम्तिमा ९ जनाको दरले सक्रिय सदस्यहरु मध्येबाट महाधिवेशन प्रतिनिधि छनोट भएर आउनेछन्, पहिलेको जस्तो जिल्ला कार्यसमिति, क्षेत्रिय कार्यसमितिले खल्तीबाट झिकेर महाधिवेशनको प्रतिनिधि पठाउन सक्ने व्यवस्था अब छैन ।’

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति समशेर जबराले कम्युनिष्ट सरकारलाई बिस्थापित गरेर आएको नयाँ गठबन्धनले २ महिना बितिसक्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको बताउनुभयो । उहाँले नेपालका ठूला पार्टी भनेको नमूना भएको भन्दै यसबाट नेपाली जनताले मुक्ति खोजेको बताउनुभयो ।

अध्यक्ष जबराले भन्नुभयो, ‘४ वर्षअघि मुलुकका दुई ठूला कम्युनिष्टहरु मिलि चुनाव लडे, झन्डै साढे तीन वर्षसम्म झन्डै बहुमत ल्याएर मुलुक चलाए, तर त्यो समयमा जनताले के पाए भन्दा हात्ती आयो हात्ती आयो फुस्सा, साम्यवादी शक्ति भनेर आएकाहरुको समयावधि साढे तीन वर्षमै तीन टुक्रा भएर चक्नाचुर भएको छ, त्यसपछि आएको नयाँ गठबन्धनले २ महिना बितिसक्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेको छैन, अब पार्टी फुट्नेछैन साथीहरु, एक ढिक्का भएर मुलुकमा के गर्ने भनेर हामीले देखाउनुपर्यो ।’

अध्यक्ष जबराले यो मुलुकलाई भ्रष्टले चलाउन नसक्ने बताउनुभयो । उहाँले अब राष्ट्रिय प्रजातन्त्र पार्टीले इमान र धर्म भएको नेतृत्व प्रदान गरी सरकार चलाउने दाबी गर्नुभयो ।