६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन साहको चुनाबी खर्च तीन लाख चौरानब्बे हजार चार सय उनान्नब्बे



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले स्थानीय तह निर्वाचनमा आफूले गरेको खर्च विवरण सार्वजनिक गर्नुभएको छ । सामाजिक संञ्जाल मार्फत साहले चुनाबी खर्च सार्बजनिक गर्नुभएको हो ।

उहाँले ढिला गरी खर्च बिवरण सार्वजनिक गरेकोमा माफी समेत माग्नु भएको छ । उहाँले सामाजिक सञ्जालमालेख्नु भएकाे छ – ‘खर्चको विवरण केहि समय अगाडि नै सार्वजनिक भइसक्नु पर्ने थियो तर विभिन्न कारणहरूले सो ढिलो भएकोमा माफी चाहन्छौँ । हाम्रो चुनावी अभियानमा जम्मा खर्च तीन लाख चौरानब्बे हजार चार सय उनान्नब्बे रुपैयाँ (रु. ३,९४,४८९) भएको छ ।

जसमा मतगणनाको समयमा मात्रै १ लाख भन्दा बढी भएको थियो । मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्रै बनाएको छैन, उम्मेदवारका लागि महँगो बनाइरहेको छ ।

यसमा सबैको ध्यान जान जरुरी छ । र, भन्नै पर्ने कुरा छ ९ एउटा उम्मेदवारका रूपमा हामीले जुन साथ र विश्वास पायौँ, त्यसलाई संसारको सबै भन्दा शक्तिशाली कम्प्युटरले जस्तो सुकै तालिकामा कुनै पनि सङ्ख्या राखेर देखाउन सक्दैन । त्यो अमूल्य साथ र विश्वासले दिएको जिम्मेवारी पुरा गराउन हामी हरसमय खटिरहनेछौँ ।’