२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन साहको चुनाबी खर्च तीन लाख चौरानब्बे हजार चार सय उनान्नब्बे



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले स्थानीय तह निर्वाचनमा आफूले गरेको खर्च विवरण सार्वजनिक गर्नुभएको छ । सामाजिक संञ्जाल मार्फत साहले चुनाबी खर्च सार्बजनिक गर्नुभएको हो ।

उहाँले ढिला गरी खर्च बिवरण सार्वजनिक गरेकोमा माफी समेत माग्नु भएको छ । उहाँले सामाजिक सञ्जालमालेख्नु भएकाे छ – ‘खर्चको विवरण केहि समय अगाडि नै सार्वजनिक भइसक्नु पर्ने थियो तर विभिन्न कारणहरूले सो ढिलो भएकोमा माफी चाहन्छौँ । हाम्रो चुनावी अभियानमा जम्मा खर्च तीन लाख चौरानब्बे हजार चार सय उनान्नब्बे रुपैयाँ (रु. ३,९४,४८९) भएको छ ।

जसमा मतगणनाको समयमा मात्रै १ लाख भन्दा बढी भएको थियो । मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्रै बनाएको छैन, उम्मेदवारका लागि महँगो बनाइरहेको छ ।

यसमा सबैको ध्यान जान जरुरी छ । र, भन्नै पर्ने कुरा छ ९ एउटा उम्मेदवारका रूपमा हामीले जुन साथ र विश्वास पायौँ, त्यसलाई संसारको सबै भन्दा शक्तिशाली कम्प्युटरले जस्तो सुकै तालिकामा कुनै पनि सङ्ख्या राखेर देखाउन सक्दैन । त्यो अमूल्य साथ र विश्वासले दिएको जिम्मेवारी पुरा गराउन हामी हरसमय खटिरहनेछौँ ।’