२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘देशको प्रमुख निकायमा खेलकुदबारे जानकारी गराउन आवश्यक’



अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलकुद क्षेत्रको विकासका लागि देशको प्रमुख प्रशासनिक निकायमा यस विषयमा जानकारी गराउन आवश्यक रहेको बताउनुभएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नयाँ नेतृत्व चयनका लागि आज भएको साधारण सभाको उद्घाटन गर्दै उहाँले देशका प्रमुख निकायमा खेल सामान्य गतिविधि वा क्रियाकलापको क्षेत्र मात्र हो भन्ने बुझाइ रहेको हँुदा यस विषयमा बुझाउन आवश्यक रहेको बताउनुभयो ।

मन्त्री गहतराजले हाम्रो देश प्राकृतिक रुपमा सुन्दर रहेकाले खेललाई पर्यटनसँग जोड्नुपर्ने भनाइसमेत व्यक्त गर्नुभयो । उहाँले आज नै हुने एन्फा चुनावको नतिजाले नेपाली फुटबल क्षेत्रमा नयाँपन थपिने विश्वास व्यक्त गर्नुभयो ।

एन्फाको २१औँ साधारणसभामा एन्फा मातहतका ४८ जिल्ला, १४ ‘ए’ डिभिजन, ११ ‘बी’ डिभिजन, नौ ‘सी’ डिभिजन, रेफ्री, प्रशिक्षक, खेलाडी र महिला सङ्घ तथा राष्ट्रिय लिगका लागि छानिएका चार क्लबका गरी १०४ प्रतिनिधि उपस्थित हुनुहुन्छ ।

अहिले एन्फाको चुनावी प्रक्रिया सुरु भएको छ । एन्फाको नयाँ नेतृत्वका लागि हालका अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङको प्यानलबीच मुख्य प्रतिस्पर्धा भइरहेको छ । अध्यक्षमा कर्माछिरिङ र पंकजविक्रमसहित फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीव पौड्याल पनि प्रतिस्पर्धामा हुनुहुन्छ ।

पौड्याल भने एकल उम्मेदवार हुनुहुन्छ । एन्फाको साधारणसभाले अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष चार र महिला दुईसहित १५ सदस्य निर्वाचित गर्नेछ । वरिष्ठ उपाध्यक्षमा दुई, उपाध्यक्षमा चार, महिला सदस्यमा पाँच र सदस्यमा ३६ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ । पन्ध्र सदस्यमध्ये १३ खुल्ला र दुई महिला सदस्यका लागि पनि दुवै प्यानलबाट उम्मेदवार हुनुहुन्छ ।