२२ मंसिर २०८२, सोमबार
,
Latest
सर्वोच्चद्वारा हितेन्द्रदेवलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न परमादेश सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर सरकारप्रति अधिकारकर्मीहरुको असन्तुष्टि सिटी सफारी चालक हत्या प्रकरणमा सात जना पक्राउ आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट बढी काठ सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल बाल क्यान्सर हेरचाहलाई थप प्रभावकारी बनाइने प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिमण्डल पुनर्गठनको हलो अर्थमन्त्रीमा अड्कियो



अ+ अ-

काठमाडौँ । मन्त्रिमण्डल पुनर्गठन हुने व्यापक चर्चा भए पनि अहिलेसम्म पुनर्गठन हुनसकेको छैन । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) ले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई लैजाने निर्णय नै गरिसकेको छ ।

एकीकृत समाजवादीका तर्फबाट मन्त्रिपरिषद्मा रहेका चार मन्त्री र एक राज्यमन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई समावेश गर्ने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई दिए पनि उहाँले अहिलेसम्म मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको छैन ।

बजेट निर्माणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत मानिसमार्फत राजश्वका दरहरु हेरफेर गरेको विषयले नेकपा (माओवादी केन्द्र) मा पनि अर्थमन्त्री फेर्नुपर्ने बहस चलेको छ । शृंखलाबद्ध विवादास्पद काम गरिरहेका अर्थमन्त्री जनार्दन शर्मा फेरि विवादमा तानिएपछि संसद्मा उनको राजीनामाको कुरा पनि उठेको थियो ।

बालुवाटार स्रोतका अनुसार वास्तवमा प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल पुनर्गठन गर्न नखोज्नुभएको होइन । तर मन्त्रिमण्डल पुनर्गठनको हलो उनै अर्थमन्त्री शर्मामा अड्किएको बताइएको छ । प्रधानमन्त्रीले अर्थमन्त्री शर्मालाई हटाएर सो मन्त्रालयको जिम्मेबारी नेपाली कांग्रेसले लिने बताउनुभएपछि मन्त्रिमण्डल पुनरगठनमा ढिलाइ भएको हो ।

शर्माले अर्थ मन्त्रालय सम्हाल्न नसकेको भन्दै नेपाली कांग्रेस पार्टीभित्र अब अर्थ मन्त्रालय कांग्रेसले नै राख्नुपर्ने व्यापक माग उठेको छ । यद्यपि प्रधानमन्त्री देउवाले सकेसम्म अर्थमन्त्रीमा शर्मालाई नै राख्ने मनसाय बनाउनुभएको छ ।

तर सार्वजनिक विवादमा तानिइसकेका अर्थमन्त्री शर्माको सत्ता गठबन्धनका साथै प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले विरोध गरेपछि प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल पुनरगठन गर्दा अब अर्थ मन्त्रालय कांग्रेसले राख्ने बताउनुभएको बालुवाटार स्रोतले बतायो ।

माओवादी केन्द्रले भने अर्थ मन्त्रालय कांग्रेसले राख्ने भनेपछि असहमति जनाएको छ । गृह मन्त्रालय पनि र अर्थ मन्त्रालय पनि कांग्रेसले राख्न नमिल्ने भन्दै पुनरगठन गर्ने नै भए सत्ताधारी दल सबैबाट पुनरगठन गर्नुपर्ने माग माओवादी केन्द्रको छ ।

यता एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई लैजान तीव्र दबाव दिनुभएको छ । सोही अनुसार पार्टीले निर्णय गरी प्रधानमन्त्रीलाई नयाँ नाम पनि दिइसकेको छ । तर अर्थमन्त्री शर्माकै कारणले मन्त्रिमण्डल पुनरगठनमा ढिलाइ भइरहेको हो ।

अब अर्थमन्त्रीमा गएर अड्किएको हलो खुल्ने समयावधिले नै मन्त्रिमण्डल पुनर्गठनको पनि समय निर्धारण हुने देखिएको छ ।