२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्धनको मूल्य वृद्धिः विराटनगरमा यातायात व्यावसायी र मजदुरहरुले गरे चक्काजाम



फाईल फोटो
अ+ अ-

विराटनगर । नेपाल आयल निगमले इन्धनको मुल्य वृद्धि गरेपछि विराटनगरमा यातायात व्यावसायी र मजदुरहरुले चक्काजाम गरेका छन् ।

इन्धनको मुल्य वृद्धि गरेको भन्दै सोमबार बिहान उनीहरुले कोशी राजमार्गअन्तर्गत विराटनगरको राजवशी चोकमा सडकमा नै सवारी साधन तेर्साएर चक्काजाम गरेका हुन् ।

सवारी चालकहरुले बढेको मूल्य फिर्ता हुनुपर्ने माग राख्दै विरोध जनाएका हुन् । त्यस्तै सर्वसाधारणलाई इन्धनको भाउ बढेपछि पुरानै भाडादरमा यात्रा गराउन नसक्ने पनि उनीहरूले बताएका छन् । आइतबार रातिबाट निगमले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको छ ।

मूल्य वृद्धि भएपछि एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ भने एक लिटर डिजेल र मट्टितेलको मूल्य १९२ रुपैयाँ पुगेको छ ।