९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उडिरहेको स्पाइसजेटको विमानमा आगलागी



अ+ अ-

नयाँ दिल्ली । स्पाईसजेटको एक विमानलाई आइतबार बिहान पटनाको विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । उडान भरेपछि इन्जिनमा आगो लागेको खबर आएपछि उडानलाई विमानस्थलमा आकस्मिक अवतरण गराइएको हो।

विमानमा १८५ यात्रु थिए । सबै सकुशल छन् । दिल्ली जाँदै गरेको स्पाइसजेटको विमानको इन्जिन फेल भएपछि पटना विमानस्थलमा अवतरण गरिएको विमानस्थल अधिकारीले बताए ।

पटनाका एसएसपी मानवजीत सिंह ढिल्लनले स्पाइसजेटको विमान दिल्ली जाँदै गरेको बताए । उड्ने क्रममा विमानस्थल प्राधिकरणले विमानको एउटा पखेटामा आगो लागेको देख्यो । विमानको आकस्मिक अवतरण सफल भएको छ । हालसम्म कुनै हताहतको खबर आएको छैन। अन्य प्रोटोकलहरू अनुसरण गरिएको छ।

फुलवारी शरीफमा मानिसहरुले विमानबाट धुवाँ निस्किएको देखे । तुरुन्तै यो जानकारी एयरपोर्ट प्राधिकरणलाई दिइयो, त्यसपछि पटनाबाट दिल्ली जाँदै गरेको स्पाइसजेटको विमानको आपतकालीन अवतरण गरियो।

पटनाबाट दिल्लीका लागि उडेको एसजी ७२५ को फ्लाइटको इन्जिनमा आगलागी भएको बताइएको छ । त्यसपछि पाइलटले ठूलो सावधानीका साथ विमानलाई पटना विमानस्थलमा सुरक्षित आपतकालीन अवतरण गराए । एजेन्सीको सहयोगमा