• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo

उडिरहेको स्पाइसजेटको विमानमा आगलागी



नयाँ दिल्ली । स्पाईसजेटको एक विमानलाई आइतबार बिहान पटनाको विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । उडान भरेपछि इन्जिनमा आगो लागेको खबर आएपछि उडानलाई विमानस्थलमा आकस्मिक अवतरण गराइएको हो।

विमानमा १८५ यात्रु थिए । सबै सकुशल छन् । दिल्ली जाँदै गरेको स्पाइसजेटको विमानको इन्जिन फेल भएपछि पटना विमानस्थलमा अवतरण गरिएको विमानस्थल अधिकारीले बताए ।

पटनाका एसएसपी मानवजीत सिंह ढिल्लनले स्पाइसजेटको विमान दिल्ली जाँदै गरेको बताए । उड्ने क्रममा विमानस्थल प्राधिकरणले विमानको एउटा पखेटामा आगो लागेको देख्यो । विमानको आकस्मिक अवतरण सफल भएको छ । हालसम्म कुनै हताहतको खबर आएको छैन। अन्य प्रोटोकलहरू अनुसरण गरिएको छ।

फुलवारी शरीफमा मानिसहरुले विमानबाट धुवाँ निस्किएको देखे । तुरुन्तै यो जानकारी एयरपोर्ट प्राधिकरणलाई दिइयो, त्यसपछि पटनाबाट दिल्ली जाँदै गरेको स्पाइसजेटको विमानको आपतकालीन अवतरण गरियो।

पटनाबाट दिल्लीका लागि उडेको एसजी ७२५ को फ्लाइटको इन्जिनमा आगलागी भएको बताइएको छ । त्यसपछि पाइलटले ठूलो सावधानीका साथ विमानलाई पटना विमानस्थलमा सुरक्षित आपतकालीन अवतरण गराए । एजेन्सीको सहयोगमा