२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीबाट पोखराको दुई वडा जोड्ने पक्की मोटरेवल पुलमा क्षति



अ+ अ-

कास्की । गएरातिको अविरल वर्षापछि सेती नदीमा आएको बाढीबाट पोखरा महानगरपालिकाका दुई वडा जोड्ने पक्की मोटरेवल पुलमा क्षति भएको छ । पोखरा–२५ हेमजा र वडा नं १९ पुरुनचौर जोड्ने गरी मर्दीदोभानभन्दा केही तल सेती नदीमाथि बनाइएको ट्रष्ट पुलमा बाढीले क्षति पु¥याएपछि यातायात आवागमन बन्द भएको छ । जसका कारण जिल्लाको माथिल्लो भेगका नागरिक प्रत्यक्ष प्रभावित भएका छन् ।

पुलको जगभन्दा तलबाटै नदीले कटान गरेपछि पिल्लर कोल्टिएर ट्रष्ट पुल पूर्णरुपमा क्षति भएको र सञ्चालनमा आउन नसक्ने डिभिजन सडक कार्यालय पोखराले जनाएको छ । पुलबाट अब मानिस हिँडडुल गर्नसमेत जोखिम भएको बताइन्छ । पुलका संरचना अन्यत्र स्थानान्तरण गर्नुपर्ने देखिएको छ । सडक कार्यालयले पाँच वर्षअघि निर्माण गरेको सो पुल ७२ मिटर लामो र सात मिटर फराकिलो छ । पुलको पुरुनचौरपट्टीको क्षेत्रमा पिल्लरसँगैको एप्रोज दुई मिटरजति नदीले बगाएको छ ।

बाढीले पुलको पिल्लरसँगै मुख्य जीपमा पनि क्षति पु¥याएको पोखरा महानगरपालिका–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बताउनुभयो । पुलको मुख्य संरचनामा बाढीले क्षति पु¥याएकाले ठूलो क्षति पुगेको उहाँले बताउनुभयो । पुल अवरुद्ध भएपछि साना ठूला सबै सवारीका साधन आवतजावत रोकिएको छ । सोही पुल हुँदै माछापुच्छ«े गाउँपालिकाका केही वडाका नागरिकसमेत पोखरा आवतजावत गर्ने गर्दछन् ।

यसैगरी गएरातिको सेती नदीको बाढीका कारण माछापुच्छ«े गाउँपालिका–२ का केही गाउँसँगको सडक सम्पर्क विच्छेद भएको छ । सार्दिखोलाबाट चिप्लेटी हुँदै भरावरी र काभ्रे जाने सडक बाढीका कारण कटान भएपछि यातायात अवरुद्ध भएको स्थानीय शिक्षक सन्तोष आचार्यले बताउनुभयो ।