२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी राष्ट्रपति बाइडेन साइकलबाट लडेपछि…



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन साइकलबाट लडेका छन् । शनिबार बिहान डेलावेयर राज्यमा रहेको घर नजिकै उनी लडेका थिए । उनलाई चोटपटक भने लागेको छैन ।

७९ वर्षीय राष्ट्रपति बाइडेन लडेपछि तत्काल उठेका थिए । ह्वाइट हाउसको टिमको तर्फबाट सार्वजनिक भएको एउटा भिडियोमा उनी लडेको देख्न सकिन्छ । उनी प्रथम महिला जिल बाइडेनसँग डेलावेयरको रेहोबोथ तटमा रहेको घर नजिकैको स्टेट पार्कमा साइकल चलाइरहेका थिए ।

साइकलको क्लिपबाट खुट्टा तान्न खोज्दा सन्तुलन गुमाउँदा उनी लड्न पुगेका थिए ।

उनलाई ठूलो चोट नलागेको र औषधि उपचार आवश्यक नभएको ह्वाइटहाउसका एक अधिकारीले जनाएका छन् ।