• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

प्रम देउवा संसदीय समितिमा अनुपस्थित, सत्ता गठबन्धनको बैठकका सहभागी



फाईल फोटो

काठमाडौं । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न सत्ता गठबन्धनका नेताहरुकाके बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास निवास बालुवाटार बैठक बसिरहेको छ ।

बैठकका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेता बालुवाटार पुग्नु भएको छ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा आसन्न अमेरिका भ्रमण र एसपीपीबारे जानकारी गराउन प्रधानमन्त्री देउवालाई बोलाईएको थियो । तर प्रधानमन्त्री देउवा बैठकमा उपस्थित हुनु भएन ।

समितिको शुक्रबारको बैठकले आसन्न अमेरिका भ्रमणका क्रममा कुनैपनि विवादास्पद र असंलग्न परराष्ट्र नीतिसँग मेल नखाने सहमति वा कार्य नगर्न नगराउन नेपाल सरकारलाई निर्देशन दिने दिने निर्णय गरेको थियो ।