२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय समिति बैठकमा प्रधानमन्त्री अनुपस्थित, पत्राचार नै नगरिएको जवाफ



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित हुनुभएको छ ।

सिंहदरबारस्थित संसदीय सचिवालयमा बिहान १० बजे बस्ने भनिएको बैठकमा प्रधानमन्त्री देउवाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) र आसन्न अमेरिका भ्रमणबारे जानकारी गराउनुहुने कार्यसुची रहेको थियो ।

तर प्रधानमन्त्रीले आफूलाई यसबारे जानकारी नै नभएको जवाफ पठाउनुभएको छ । यता संसदीय समितिले यसअघि नै शुक्रबार बसेको बैठकले यी दुई बिषयमा जानकारी गराउन प्रधानमन्त्री देउवालाई आमन्त्रण गर्ने निर्णय गरेको थियो र पत्राचार पनि गरिसकेको थियो ।

प्रधानमन्त्रीको तर्फबाट आफूहरू धनगढीमा रहेको र पत्र नै प्राप्त नभएको जवाफ आएको समितिका सभापति पवित्रा निरौलाले जानकारी दिनुभएको हो ।