१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङमा किसानले दुई ट्रक रासायनिक मल नियन्त्रणमा लिए



अ+ अ-

धादिङ । धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ६ धार्केमा भारतबाट भन्सार छलेर दुई वटा ट्रकमा ल्याइएको रासायनिक मल किसानले नियन्त्रणमा लिएका छन् ।

भन्सार छलेर ल्याउँदै गरिएको दुई ट्रक मल राजश्व विभागले नियन्त्रणमा लिएको थियो । त्यसपछि व्यापारीहरुको संलग्नतामा किसानहरुलाई जानकारी गराएपछि झन्डै ५ सय जना किसानले पृथ्वी राजमार्गको बिच सडकमै ट्रक रोकेर नियन्त्रणमा लिएका हुन् ।

व्यापारीहरुले केही समयदेखि भन्सार छलीे धादिङका स्थानीय बजारमा मल कालोबजारी गरेर बेच्दै आएको पाइएको छ । विशेष सुराकीको आधारमा राजश्व अनुसन्धान विभागले मल नियन्त्रणमा लिएपछि व्यापारीको संलग्नतामा स्थानीय किसानलाई मल लुट्न लगाएको किसानहरुले बताएका छन् ।

करिब ५ सय बोरा मल किसानले कब्जा गरेर लगिएको बताइएको छ ।

मुलकमा अहिले मल अभाव भइरहेको छ । धान रोप्ने समयमा पनि मल नपाएको भन्दै किसान आक्रोशित भइरहेका अवस्थामा आज धार्केमा किसानले मल कब्जा गरेका हुन् । किसानले मल कब्जा गर्ने क्रममा प्रहरीले भिड तितरवितर पार्न लाठी चार्ज समेत गर्नुपरेको थियो ।