२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङमा किसानले दुई ट्रक रासायनिक मल नियन्त्रणमा लिए



अ+ अ-

धादिङ । धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ६ धार्केमा भारतबाट भन्सार छलेर दुई वटा ट्रकमा ल्याइएको रासायनिक मल किसानले नियन्त्रणमा लिएका छन् ।

भन्सार छलेर ल्याउँदै गरिएको दुई ट्रक मल राजश्व विभागले नियन्त्रणमा लिएको थियो । त्यसपछि व्यापारीहरुको संलग्नतामा किसानहरुलाई जानकारी गराएपछि झन्डै ५ सय जना किसानले पृथ्वी राजमार्गको बिच सडकमै ट्रक रोकेर नियन्त्रणमा लिएका हुन् ।

व्यापारीहरुले केही समयदेखि भन्सार छलीे धादिङका स्थानीय बजारमा मल कालोबजारी गरेर बेच्दै आएको पाइएको छ । विशेष सुराकीको आधारमा राजश्व अनुसन्धान विभागले मल नियन्त्रणमा लिएपछि व्यापारीको संलग्नतामा स्थानीय किसानलाई मल लुट्न लगाएको किसानहरुले बताएका छन् ।

करिब ५ सय बोरा मल किसानले कब्जा गरेर लगिएको बताइएको छ ।

मुलकमा अहिले मल अभाव भइरहेको छ । धान रोप्ने समयमा पनि मल नपाएको भन्दै किसान आक्रोशित भइरहेका अवस्थामा आज धार्केमा किसानले मल कब्जा गरेका हुन् । किसानले मल कब्जा गर्ने क्रममा प्रहरीले भिड तितरवितर पार्न लाठी चार्ज समेत गर्नुपरेको थियो ।