३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

मङ्किपक्स आशङ्कामा गरिएको व्यक्तिमा कुष्टरोग



अ+ अ-

काठमाडौं । मङ्किपक्सको आशङ्का गरिएको एक जना व्यक्तिमा कुष्टरोग पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार रहेका व्यक्तिमा कुष्टरोग रोग पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा विभिन्न छ ठाउँबाट ‘स्लिट स्किन स्मियर’ जाँच गर्दा ती व्यक्तिको आँखा र कानको तीन नमूनामा कुष्टरोगको जिवाणु भेटिएको हो । दुबईबाट नेपाल आएका २६ वर्षीय पुरुषलाई मङ्किपक्सको आशङ्कामा बिहीबार टेकु अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो ।

अहिलेसम्म २९ वटा देशमा मङ्किपक्स देखापरेको र एक हजारभन्दा बढी सङ्क्रमित भएका छन् । मन्त्रालयका प्रवक्ता डा मिश्राले नेपालमा अहिलेसम्म मङ्किपक्सको बिरामी नेपाल फेला नपरेको बताउनुभयो । दुबईबाट नेपाल आएका उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वास्थ्य सहायता कक्षले मङ्किपक्सको आशाङ्कामा टेकु अस्पतालमा पठाएको थियो ।

“मन्त्रालयले विश्वव्यापी रुपमा बढ्दै गएको मङ्किपक्स सङ्क्रमणबारे सचेत रहेको र सर्तक अवस्थामा रहेको छ । यस सम्बन्धमा हामी सबै चिकित्सक र स्वास्थ्यकर्मीलाई मङ्किपक्सको कुनै पनि शंकास्पद सङ्क्रमणहरु मन्त्रालयअन्तर्गत इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका सम्बन्धित अधिकारीलाई सूचना उपलब्ध गराउन आग्रह गर्दछौँ”, आज मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ती बिरामी दुबई हुँदै नेपाल आएका हुन् । उनी दुबईमा वैदेशिक रोजगारका लागि गएका थिए । रासस