• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   रवि लामिछानेविरुद्धको रिटमा आज पनि सर्वोच्चमा सुनुवाइ ★   ललितपुरका मेयर चिरिबाबुलाई अख्तियारले काट्यो पत्र ★   रास्वपाका मन्त्रीहरुले राजीनामा दिँदै ★   चुरे विनास भएकोका चिन्ता, संरक्षणको माग ★   प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ आज ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र भुसाल भिड्दै ★   रास्वपाले गर्‍यो महामन्त्री ढकाललाई निलम्बन, बुर्लाकोटीलाई कार्यवाहकको जिम्मेवारी, प्रवक्तामा मनिष ★   पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल ★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए

एसपीपीमा नेपाल सहभागि हुँदैन भनेर प्रधानमन्त्रीले अमेरिकालाई पत्र लेख्नुपर्छ – कमल थापा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्टेट पार्टनरसीप प्रोग्राममा नेपाल सहभागि नहुने भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकालाई पत्र लेख्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित विश्वको सर्वोच्च शिखर सगरमाथामा राप्रपा नेपालको चुनाव चिन्ह ‘तीर’ सहितको झण्डा फहराउने पर्वतारोहीहरुलाई ‘चन्द्रस्मृति विशिष्ट प्रतिभा सम्मान’ हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताउनुभएको हो । उहाँले नेपाल कुनैपनि हालतमा स्टेट पार्टनरसीप प्रोग्राममा सहभागि हुनु नहुने बताउनुभयो । उहाँले प्रधानमन्त्री देउवालाई एसपीपी नेपालको लागि आवश्यक छैन भनेर अमेरिकालाई पत्र लेख्न आग्रह गर्नुभयो । अध्यक्ष थापाले एसपीपीको सम्बन्धमा विवाद देखिएको उल्लेख गर्दै विवादको निराकरणका लागि अमेरिकालाई पत्र लेखेर यसबाट अलग हुनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो – ‘नेपालको भुराजनीतिक संवेदनशिलतालाई दृष्टिगत गर्दै नेपालले कुनैपनि हालतमा यो स्टेट पार्टनरसीप प्रोग्राममा सहभागि हुनु हुँदैन । यो कार्यलाई अघि नबढाउनको निमित्त म प्रधानमन्त्री शेरबहादुर देउवाज्यूलाई आग्रह गर्न चाहान्छु । यस सम्बन्धमा अहिले जुन किसिमको चर्चा चलिराखेको छ, जुन किसिमको विवादहरु चलिराखेको छ । यो विवादको निराकरण चाँडोभन्दा चाँडो गरिनुपर्दछ । यसले हाम्रो परराष्ट्र नीतिको विश्वसनीयता माथि नै संकट उत्पन्न गरिदिएको छ ।

सरकारको अर्कमण्यता, कुटनीतिक नेतृत्वको असक्षमताको कारणले गर्दाखेरी अन्तर्राष्ट्रिय जगतमा नेपाल बदनाम हुँदै गइराखेको छ । खासगरी यो एसपीपीको बारेमा म प्रधानमन्त्रीलाई ध्यानआकर्षित गराउँदै भन्न चाहान्छु, सर्वप्रथम यथासम्भव चाँडो नेपाल सरकारको तर्फबाट आधिकारिक रुपमा अमेरिकी सरकारलाई पत्र लेखेर हामीलाई यो एसपीपी आवश्यक छैन । एसपीपीबाट अलग हुन चाहान्छौ भन्ने पत्र तत्काल लेख्नको निमित्त म आग्रह गर्न चाहान्छु । एसपीपीमा नेपाल सहभागि भयो वा भएको छैन यसबारेमा अनेकौँ किसिमका आशंकाहरु छन् । विवादहरु छन् । यसका निराकरणका निमित्त पनि सरकारले यथासम्भव चाँडो अमेरिकी सरकारलाई पत्र पठाएर यसबाट आफुलाई अलग राख्नुपर्दछ ।’

अध्यक्ष थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको चलखेल केन्द्रको रुपमा देखा पर्न थालेको बताउनुभयो । उहाँले नेपालको दुवै छिमेकी मुलुकहरु चिन र भारतसँगको सम्बन्ध राम्रो अवस्थामा नरहेको बताउनुभयो । सरकारको क्रियाकलापका कारण चिनले नेपाललाई आशंकाको दृष्टिले हेर्न थालेको उहाँको भनाई छ । उहाँले छिमेकी मुलुकहरुसँगको सम्बन्ध सुदृढ बनाउनुपर्नेमा जोड दिदैँ छिमेकीहरुलाई नचिढ्याउन प्रधानमन्त्री देउवालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – ‘नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको चलखेल केन्द्रको रुपमा देखापर्न थालिराखेको छ । हाम्रा दुवै छिमेकी मुलुकहरुसँगको सम्बन्ध अहिले राम्रो अवस्थामा छैन । उत्तरी छिमेकी चिन वर्तमान सरकारको क्रियाकलापहरुको कारणले गर्दा नेपालमाथि आशंकाको दृष्टिकोणले हेरिराखेको छ । भारतले नेपाललाई विश्वास गरिराखेको छैन । यस्तो अवस्थामा दुवै छिमेकीसँग सम्बन्ध बिगारेर नेपालको बृहत्तर आर्थिक साथसाथै सुरक्षाको मामिलामा पनि सरकारले जटिल अवस्थाको सिर्जना गरिराखेको छ । छिमेकी मित्र राष्ट्रहरु सँगको सम्बन्धलाई सुदृढ गर्नको निमित्त छिमेकीहरुलाई चिढ्याउने काम नगर्नको निमित्त पनि म सरकारलाई आग्रह गर्न चाहान्छु ।’

अध्यक्ष थापाले अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउने क्रममा करको दर हेरफेर गर्न असम्बन्धित र गैरजिम्मेवार व्यक्तिहरुलाई संलग्न गराउनु जघन्य अपराध भएको टिप्पणी गर्नुभयो । उहाँले उक्त कार्य आर्थिक अपराध, असंवैधानिक र गैरजिम्मेवारपूर्ण भएको बताउनुभयो ।

उहाँले अर्थमन्त्री शर्माले अहिलेसम्म राजीनामा नदिएको तथा प्रधानमन्त्रीले नहटाएको भन्दै आश्चर्य प्रकट गर्नुभयो । उक्त कार्य संवैधानिक, नैतिक र राजनीतिक दृष्टिकोणबाट आपत्तिजनक भएको उहाँको भनाई छ ।