२१ मंसिर २०८२, आईतवार
,
Latest
नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु लगानीका लागि स्थायित्व जरुरी छः सिइओ ज्ञवाली राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियामा २४ घन्टामा २ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण, पाँचको मृत्यु



अ+ अ-

क्वालालम्पुर । मलेसियामा गएको २४ घन्टायता मात्र कम्तीमा पनि २ हजार ३३ जनामा कोरोना सङ्क्रमण भएको बताइएको छ । यहाँ बाहिरबाट आएकामा नभएर देशभित्रै यी सङ्क्रमितहरु भेटिएको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।

ती अधिकारीका अनुसार यहाँ गएको २४ घन्टामा मात्र कोरोना भाइरसको सङ्क्रमणबाट पाँच जनाको ज्यान गएको छ । यहाँ अहिलेसम्ममा कोरोना भाइरसको सङ्क्रमणबाट मात्र ३५ हजार ७३० जनाको ज्यान गएको बताइएको छ ।

मलेसियाका स्वास्थ्य अधिकारीहरुले यहाँ अहिले करिब २५ हजार जनाजति सक्रिय संक्रमितहरु रहेका छन् । तीमध्ये केही व्यक्ति आइसियुमा रहेका बताइएको छ ।

तर पछिल्ला केही हप्ता यता भने यहाँ कोभिड संक्रमितहरुको संख्या घटेको पाइएको छ ।