२ भाद्र २०८३, मंगलवार
,
Latest
सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नमस्ते पे मोबाइल भुक्तानी सेवा आजबाट सुरु



अ+ अ-

काठमाडौं । नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको नमस्ते पे मोबाइल भुक्तानी सेवा आजबाट सुरु भएको छ । टेलिकमले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा नमस्ते पे सुरु गरेको हो । नमस्ते पे बाट भएका भुक्तानीको सेटलमेन्ट भने राष्ट्रिय वाणिज्य बैंकबाट हुने भएको छ ।

टेलिकमले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडबाट नमस्ते पे नामक डिजिटल भुक्तानीको सेवा दिने भन्दै ३ चैत २०७७ मा राष्ट्र बैंकबाट सञ्चालन अनुमतिसमेत पाइसकेको जनाएको छ ।

प्रारम्भिक चरणको व्यवसायिक सञ्चालन र औपचारिक सेवा सुभारम्भसमेत गर्ने नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारीले बताउनुभयो । कम्पनीमा ४० करोड रुपियाँ चुक्ता पुँजी मध्य टेलिकमको ६० र राष्ट्रिय वाणिज्य बैंकको ४० प्रतिशत हिस्सा हुने उल्लेख छ ।