• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
Latest
★   संसदीय समितिलाई प्रभावकारी बनाउनेतर्फ सबै लाग्नुपर्छ: सांसद सर्वेन्द्रनाथ शुक्ला ★   दिनेश कार्तिकले विराट कोहलीलाई ‘ओरेन्ज क्याप’ लगाइदिएपछि… ★   रायोको साग बेचेर लाख आम्दानी ★   कैलालीका थारु समुुदायमा भजहरको रौनक ★   ‘वुल्फ म्यान’को नाम गिनिज बुकमा दर्ता, अनुहार र शरीरको ९८ प्रतिशत भाग कपालले ढाकियो ★   काठमाडौँको वायु अझै अस्वस्थ ★   जापानी विदेशमन्त्री खामिखावा नेपालमा ★   म्याक्सवेलमाथि भारतीय क्रिकेटरको आरोप – आईपीएल इतिहासमा सबैभन्दा ‘अहंकारी’ खेलाडी ★   घरको छतमा टावर राख्ने कम्पनी नै सम्पर्कविहीन भएपछि… ★   घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’

पहिरामा परी घाइते भएकाको हेलिकोप्टरबाट उद्धार



फुङ्लिङ । गए राति ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–७ खेवाङको तेम्फुमा गएको पहिरामा परी गम्भीर घाइते ३५ वर्षीय विष्णु अधिकारीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

जिल्ला सुरक्षा समितिको समन्वय र जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलको आग्रहमा गृह मन्त्रालयमार्फत घाइते अधिकारीको उद्धार गरी सदरमुकाम फुङ्लिङ ल्याई पुर्याएको जिल्ला प्रहारी कार्यालयले जनाएको छ ।

पोखरेलले भन्नुभयो, “अहिले हेलिकप्टरमार्फत नेपाली सेनाको भीमकाली गुल्मको ब्यारेकमा ल्याएर जिल्ला अस्पतालका चिकित्सकले उपचार गर्दैछन्, थप उपचारका लागि विराटनगरको कोसी अस्पताल पठाउने तयारी भइरहेको छ ।” पहिरामा परी ५८ वर्षीया तुलसा अधिकारी र ३३ वर्षीया यशोदा अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख कैलाश राईले जानकारी दिनुभयो ।