• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
Latest
★   आईपीएलमा आज डबल हेडर: पञ्जाब र चेन्नई तथा लखनउ र कोलकाता भिड्दै ★   बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित ★   एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित ★   मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर ★   ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते ★   गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै ★   धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने ★   दोदा नदीमा डुबेर दुई जनाको मृत्यु ★   मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन एमालेले मानेन ★   कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा आज हल्का पानी पर्ने

पहिरामा परी घाइते भएकाको हेलिकोप्टरबाट उद्धार



फुङ्लिङ । गए राति ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–७ खेवाङको तेम्फुमा गएको पहिरामा परी गम्भीर घाइते ३५ वर्षीय विष्णु अधिकारीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

जिल्ला सुरक्षा समितिको समन्वय र जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलको आग्रहमा गृह मन्त्रालयमार्फत घाइते अधिकारीको उद्धार गरी सदरमुकाम फुङ्लिङ ल्याई पुर्याएको जिल्ला प्रहारी कार्यालयले जनाएको छ ।

पोखरेलले भन्नुभयो, “अहिले हेलिकप्टरमार्फत नेपाली सेनाको भीमकाली गुल्मको ब्यारेकमा ल्याएर जिल्ला अस्पतालका चिकित्सकले उपचार गर्दैछन्, थप उपचारका लागि विराटनगरको कोसी अस्पताल पठाउने तयारी भइरहेको छ ।” पहिरामा परी ५८ वर्षीया तुलसा अधिकारी र ३३ वर्षीया यशोदा अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख कैलाश राईले जानकारी दिनुभयो ।