८ श्रावण २०८३, शुक्रबार
,
Latest
झापामा सात लाख ६१ हजार मेट्रिक टन खाद्यान्न उत्पादन खैरो हेरोइनसहित चार जना पक्राउ सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम बागमतीका १३ वटै जिल्लाका उद्योग प्रशासन डिजिटल प्रणालीमा पोखरामा ध्वनि प्रदूषण गर्ने ३३ मोटरसाइकल नियन्त्रणमा इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी भाइरल भिडियोबारे बब्लु गुप्ताको स्पष्टीकरण, ‘गल्ती भएको भए क्षमा चाहन्छु’ सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपः नेपालले भुटानलाई ५० रनले हरायो



अ+ अ-

काठमाडौं । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा शुक्रबार भएको खेलमा भुटानलाई नेपालले ५० रनले हराएको हो । यूएसडी यूकेएम ओभलमा नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटानले १७ ओभर ५ बलमा अलआउट हुँदै ४४ रनमा समेटियो ।

भुटानका लागि छिरिङ जान्ग्मोले सर्वाधिक १६ रन जोडिन् । यस्तै एनगावाङ छोडेनले ८ तथा सोनाम छोडेनले ५ रन जोड्दा पेमा सोल्डेनले ४ रन बनाईन ।

भुटानलाई सस्तैमा समेट्न नेपालकी संगीता राईले ४ विकेट लिईन् भने यस्तै कविता कुँवरले २ तथा अश्मिना कर्माचार्य,सिता राना मगर र इन्दु वर्माले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रन जोडिन् भने रुबिना क्षेत्रीले २१ रन बनाइन् ।

यस्तै, इन्दु बर्माले २० रन भने डोली भट्टले ५ रन जोडिज् । सिता मगर ४, ममता चौधरीले ३, बिन्दु रावलले १ तथा अश्मिना कर्माचार्य र ज्योति पाण्डे सुन्य रनमा आउट हुँदा कविता कुँवर १ रनमा अविजित रहिन् ।

भुटानकी सोनम पाल्डोनले ४ तथा अन्जु गुरुङ र टासी छेकीले एक एक विकेट लिए ।

आजबाट सुरु भएको च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । नेपाल समूह ‘बी’मा रहेको छ । जुन समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । यस्तै, समूह ‘ए’ मा मलेसिया, युएई, ओमान, कतार र सिंगापुर रहेका छन् ।

समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोली महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।