• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

सैन्य गठबन्धनका लागि नभई मानवीय सहायताको लागि चिठी लेखिएको होः प्रधानसेनापति (भिडियोसहित)



काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्दैछ । बैठकमामा बोल्दै नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकालाई सैन्य गठबन्धनका लागि नभई मानवीय सहायताको लागि चिठी लेखेको बताएका छन् ।

प्रधानसेनापति शर्माले अहिले बाहिर नेपाली सेनाले लेखेको पत्र सार्वजनिक भएको छ त्यो सत्य भएको तर चिठी लेख्दैमा सैन्य अलाएन्स नलेखिएको र आफै पनि सैन्य गठबन्धनको खिलापमा रहेको पनि बताए ।

प्रधानसेनापति शर्माले २०७२ को भूकम्पको बेला २७ देशलाई मानवीय सहायता लिएर देशको जनतालाई सहयोग गर्न लेखिएको बताएका छन् ।

बिहीबार अमेरिकी दूतावासलाई सेनाले एसपीपीमा सहभागी हुन लेखेको पत्र भन्दै एक पत्र सार्वजनिक भएको थियो ।
उनले उक्त पत्रको विषयमा कसैलाई दोष दिन नचाहेको समेत बताए ।