• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी ★   रामेछापमा जुनारको जुस बिक्री बढ्यो ★   गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत ★   राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले भने– ‘म षडयन्त्रको शिकार भएँ’ ★   ३९ जिल्लाका १ सय ६५ ठाउँमा डढेलो, ठाउँठाउँमा आगलागी ★   राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस आज मनाइँदै ★   च्याम्पियन्स लिगः डर्टमण्डले पिएसजीलाई हरायो ★   आईपीएलमा पञ्जाबले चेन्नईलाई लगातार पाँचौं पटक हरायो ★   नागरिक उड्डयनमन्त्री तामाङ्गद्वारा त्रिदेवीनगर, कोटेश्वरको सडक चौडा गर्न स्थलगत निरीक्षण ★   रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा

एसपीपीमा अनुबन्धका लागि सन् २०१५ को अक्टोबर २७मा नेपाली सेनाले पठाएको पत्र सार्वजनिक



काठमाडौँ । नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राममा सहभागी हुनका लागि पठाएको पत्र सार्वजनिक भएको छ ।सन् २०१५ को अक्टोबर २७ (२०७२ को कात्तिक १० ) मा नेपाली सेनाले पठाएको पत्र सार्वजनिक भएको हो ।

तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपालस्थित अमेरिकी राजदूत अलाइना. बी. टेप्लिजलाई पठाएको पत्र सार्वजनिक भएको हो । पत्रमा एसपीपीमा सहभागिताका लागि आग्रह गरिएको छ ।

स्टेट पार्टनरसिप प्रोग्रामका बारेमा तिव्र विवाद र बहस भै रहेको बेला बुधबार साँझ सेनाले बिज्ञप्ति जारी गर्दे स्टेट पार्टनरसीप प्रोग्राम एसपिपि सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्ने तर्फ कुनै प्रक्रिया समेत नभएको जनाएको थियो ।

बिहीबार बिहान एक सार्वजनिक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एसपीपीको कार्यन्वयन गर्ने काम सन् २०१९ मा केपी ओली सरकारले गरेको बताउनुभएको थियो । कार्यक्रममा उहाँले भन्नुभएको थियो, “एसपीपी सम्झौता हुँदैछ भन्ने प्रचार झुटो हो, बरु यो एसपीपी सम्झौता कार्यान्वयन गर्ने सहमति २०१९ मा केपी ओली नेतृत्वको सरकारले गरिसकेको तथ्य इतिहासमा छ । यो कुरा हामी सबैले बुझ्न जरुरी छ।”

दाहालको भनाईको प्रतिबाद गर्दे  एमालेका वरिष्ठ उपाध्यक्ष एवं सांसद ईश्वर पोखरेलले अमेरिकासँग एसपीपी सम्झौता ओली सरकारका पालामा भएको प्रमाणित गर्न प्रचण्डलाई चुनौती दिनुभएको हो । उहाँले एसपीपी सम्बन्धमा सत्ता गठबन्धनका नेताहरुले झुटो बोलेको बताउनु भएको थियो ।

उहाँले भन्नुभएको थियो ‘केपी शर्मा ओलीको पालामा स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता भएको प्रमाणित गर्न नेकपा (माओवादी केन्द्र( का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिन्छु ।’