७ मंसिर २०८१, शुक्रबार
,
Latest
भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशन एमालेको जागरणसभामा जे देखियो… पुटिनले पश्चिमा मुलुकलाई दिएको चेतावनीबाट नडराउने स्वीडेनको भनाइ खानेपानी आयोजना चाँडो मर्मत गर्नुहोस्: मन्त्री यादव दैलेखको सिस्नेमा बस दुर्घटना हुँदा आठ घाइते कांग्रेसद्वारा मुलुकको आर्थिक अवस्थाबारे सरोकार भएकाहरूबाट सुझाव सङ्कलन रवि र छविलालसहित १० जनाविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश यस्ता छन् मन्त्रीपरिषद् निर्णय- ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप देखी बिभिन्न निकायमा… राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक दुर्घटनाको अर्थशास्त्र



अ+ अ-

एउटा राजमार्गको बाटो साह्रै नराम्रो र घुमाउरो रहेछ। बाटो बिग्रेपछि र वर्षातकाे  समयमा त त्यहाँ दुर्घटना हुनु अति सामान्य घटना रहेछ। बाटो बिग्रँदै जाँदा दिनमा ३–४ वटा बस दुर्घटना भएर मानिसको टाउको फुट्नु, हातखुट्टा भाँचिनु, चोटपटक लाग्नु र मृत्यृसमेत हुनु स्वाभाविक भइसकेको थियो।

त्यहाँनजिकै एउटा व्यक्तिले सानो औषधि पसल र चिया पसल पनि राखेको थियो। दुर्घटना भएपछि त्यहाँ मानिसले औषधि किन्न थाले र चिया पनि खानथाले र पसलको आकार पनि बढ्दै गयो। औषधि पसलदुर्घटना अस्पतालु भइसकेको छ। पछि त अस्पताल ३–४ तल्ले भवन नै बन्यो।

दुर्घटना गराउने बसका ड्राइभरलाई सुविधाको थालनी भयो।

सडक दुर्घटनामा परेका घाइते, तिनका परिवार, स्वास्थ्यकर्मीलगायतको चहलपहलले नजिकै चियापसल, फलफूल पसल, पत्रिका पसल, धमाधाम खुल्न थाले र चल्न पनि थाले।
दुर्घटनाग्रस्त क्षेत्र देशको एउटा ठूलो व्यापारिक केन्द्र बन्यो। आक्कलझुक्कल र थोरैमात्र दुर्घटना हुने कतिपय देशका स्वास्थ्यकर्मी पनि त्यस दुर्घटना अस्पतालमा आएर सिक्न थाले।
दुर्घटना अस्पतालको नाम त देशको कुनाकुनामा फैलियो।

कुनैकुनै ड्राइभर-खलासी त त्यस क्षेत्रमा आउँदा अस्पतालका मालिकले त्यो बस ड्राइभर र खलासीलाई बोलाएर ‘विशेष प्याकेजु दिएर त्यो ठाउँमा उनीहरूको बस पनि दुर्घटना गराउन आग्रह गर्न थाले।

ड्राइभर र खलासीको २०–२० लाखको बीमा पनि गरिदिए। ड्राइभर र खलासीलाई दुर्घटना गरेवापत् मासुभात सित्तैमा दिएर पुरस्कार दिने आश्वासन दिए। अनि त के चाहियो धमाधम बस दुर्घटना हुनथाल्यो। त्यो ठाउँले दुर्घटनामा ‘रेकर्ड’ नै राख्यो।

यस्तो भएपछि अब त अति भयो भनेर नागरिक समाजले आवाज उठाउन थाल्यो। सरकारले त्यो दुर्घटनाग्रस्त क्षेत्रको सडक मर्मत गर्ने कार्यक्रम ल्याउने विचार गर्यो।
त्यस द गाउँमा त ठूलो खैलाबैला मच्चियो। “ बाटो राम्रो बनायो , दुर्घटना हुन छाड्यो भने त हाम्रो जीविकाको आधार नै समाप्त हुन्छ। परिवारको बिचल्ली हुन्छ, त काम गर्ने स्वास्थ्यकर्मी बेरोजगार हुन्छन्।

त्यस ठाउँमा चिया पसल चलाएर बालबालिकालाई पढाउने तथा लालनपालन गर्ने महिलाको त मुखको गाँस नै खोसिन्छ। त्यसैले सरकारले कुनै पनि हालतमा यस दुर्घटना क्षेत्रलाई सुधार गर्ने काम गर्नु हुँदैन। यो त राष्ट्रिय महत्वको ठाउँ हो। दुर्घटनाग्रस्त क्षेत्रलाई त बनाउनै हुँदैन, बरु सकिन्छ भने नेपालका अन्य भागमा पनि ‘दुर्घटना कुना’भनेर सडक बनाउनुपर्छ। गाउँका गन्यमान्य व्यक्ति मिलेर एउटा समिति बनाएर सरकारलाई यस्तो निवेदन गरे।

त्यस्तो अनुरोध गर्न जाँदा उनीहरू र दुर्घटना गाउँका गन्यमान्य व्यक्तिहरूले खाममा हालेर सरकारी अधिकारीलाई केही उपहार पनि दिए।सरकारी कर्मचारीले आफ्नो रिपोर्टमा लेखे-‘दुर्घटना क्षेत्रमा अहिले सुधार गर्नु आवश्यक छैन। त्यहाँ सुधार गर्दा धेरै समस्या पर्ने देखिएकाले हाल त्यहाँको बाटो नबनाउने निर्णय गरिएको छ। सुधार गर्दा स्थानीयबासिन्दाबाट ठूलै विरोधको सामना सरकारले गर्नुपर्ने हुन्छ।’

यस कुराले भोलिपल्टको अखबारको प्रथम पृष्ठमा स्थान पायो। दुर्घटनाग्रस्त क्षेत्र अब कहिल्यै पनि सुधार गर्ननपर्ने भनेर संसद्बाट पास भयो। संविधानमा पनि त्यसको लागि विशेष व्यवस्था गरेर दुर्घटनाग्रस्त क्षेत्रलाई सुधार गर्नुपर्ने भयो भने संसद्को दुईतिहाइले मतदान गर्नुपर्ने प्रावधान बन्यो। दुर्घटना अस्पताल दुर्घटना गाउँको बारेमा अध्ययन भएर किताब पनि निस्किन थाले। अब त कसैले पनि त्यस ठाउँलाई सुधार्नु पर्ने, सडक बनाउनु पर्ने भनेर छलफलसम्म पनि गर्दैन। आनन्दसँग बस दुर्घटना हुन पाएको छ।

मानिसहरू पीडित भएर अस्पताल गइ नै राख्छन्। बिरामी अस्पतालमा र कुरुवा तिनका होटेलमा खाना खाई नै रहन्छन्। र, अस्पताल तथा होटलको उन्नति भई नै रहन्छ। अ ब त नेताहरू दुर्घटना अस्पतालबाट आएको आफ्नो सेयरको पैसा पनि त्यहीँ राख्न थालेका छन्। किनभने त्यहाँ एउटा अन्तर्राष्ट्रियस्तरको बैंक पनि खुलेको छ।

दुर्घटना अस्पतालका शाखा देशका विभिन्न भागमा खुलेपछि नेपालको जनसंख्या पनि नियन्त्रण भएको छ। दीवा वा रात्रिबसमा चढ्नेहरू गरिव, मुर्ख भएकाले उनीहरूको संख्या कम भएपछि देशमा अशिक्षा र पछौटेपन पनि घटेको छ। नेपालको यो विकास देखेर दक्षिण एसियाली सहयोग संगठन ९सार्क० का सदस्य राष्ट्रले पनि दुर्घटना अस्पताल खोल्ने तयारी गरेको विषयमा समाचार आएको छ।