२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली टोली स्वदेश फर्कियो: अनुभवी खेलाडीको कमी रहेको कप्तान श्रेष्ठको अनुभव



अ+ अ-

काठमाडौं । कुवेतमा सम्पन्न एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको प्रतियोगितामा सहभागि भएर नेपाली राष्ट्रिय फुटबल स्वदेश फर्किएको छ ।

चीनमा आयोजना हुने एसियनकपको छनोटका लागि कुवेत भ्रमण गरेको नेपाली टोली बिहीबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो । टोली स्वदेश फर्किए पनि मुख्य प्रशिक्षका अबदुल्लाह अलमुताइरी भने नेपाल फर्किएका छैनन् । तीन महिनाको विदामा प्रशिक्षक कुवेतमा नै रहेका हुन । तीन खेल खेल्दा नेपाली टोलीले कुनै पनि खेलमा सुखद नतिजा निकाल्न सकेन । सन्तोषजनक प्रदर्शन गर्न नसकेको नेपाली टोलीका कप्तान नवयुग श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थलमा ओलिएपछि नयाँ खेलाडीको प्रदर्शन सन्तोषजनक भएको बताए । केही सिनियर खेलाडी विना छनोट खेल्न गएको नेपाली टोलीबाट केही नयाँ खेलाडीले सुरुआतमा केही डराएर खेलेको तर निरन्तरको अभ्यासपछि भने सबै खेलाडीले राम्रो खेलेको बताए ।

‘टिममा प्रायजसो नयाँ भाइहरु रहेका छन् । उनीहरुको प्रदर्शन चित्त बुझ्दो छ । विवाद नेपालमा भए पनि भ्रमण गरिसके पछि विर्सियौं । केही सिनियर खेलाडी विना जाँदा सुरुआतमा नयाँ खेलाडीले डराएको जस्तो प्रदर्शन गरे । तर निरन्तरको अभ्यास पछि उनीहरुमा पनि आत्मबल बढ्यो ।’

नियमिति कप्तान तथा गोलकिपर किरण चेम्जोङसहित १० सिनियर खेलाडी विना भ्रमणमा निस्किएको नेपाली टोलीमा राम्रो प्रदर्शनका लागि अनुभवि खेलाडीको अभाव महसुस भएको बताए ।

‘भइरहेका खेलाडी टिममा नपर्दा केही फरक त परिहाल्छ । नयाँ खेलाडीले राम्रो खेलेर प्रमाणित त गरे तर अनुभवि खेलाडी टोलीमा भएको प्रदर्शन अलि राम्रो हुन्थ्यो । कठिन समूह अटाएका हामीले अनुभवि खेलाडी भएको अवस्थामा नतिजा केही फरक हुने अनुमान गर्न सकिन्छ ।’

यस्तै नेपाली टोलीका सदस्य पुजन उपर्कोटीले युवा टोलीसहितको भ्रमण नयाँ अनुभव लिने अवसर भएको बताए । उता ४० वर्ष पछि नेपालले कुवेत विरुद्ध गोल गर्दै इतिहास बनाएका दर्शन गुरुङले बलियो टोलिविरुद्ध गोल गर्न पाउँदा खुसी लागेको बताए ।

छनोट प्रतियोगिताभर नेपालले कुल १३ गोल खाँदा एक गोल फर्कायो । पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको थियो । फिफा वरियतामा नेपालमा भन्दा धेरै माथि रहेको कुवेतविरुद्ध नेपालले चार गोल खाँदा एक गोल इन्जुरी समयमा गोल फर्काएको थियो । उक्त गोल नेपाली कुवेतविरुद्ध करिब चार दशकपछि फर्काउन सफल भएको थियो ।

एकमात्र गोल नेपालका युवा खेलाडी दर्शन गुरुङले गरेका थिए । लगातार दुई खेलमा पराजय पश्चात एएफसी एसियनकपको सम्भावन टरेको नेपाली टोलीले अन्तिम खेलमा इन्डोनेसियासँग खेलेको थियो । उक्त खेलमा नियमिति कप्तात नवयुग श्रेष्ठको स्थानमा पुजन उपकोटीले कप्तानको जिम्मेवारी लिएका थिए ।

सोही खेलमा नेपालले लज्जास्पद हार भोगेको थियो । ७–० को फराकिलो हारसँगै छनोटको भ्रमण सकाएको थियो ।