२७ भाद्र २०८३, शनिबार
,
Latest
भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसपीपीमा नेपाल सहभागी हुँदैन– गृहमन्त्री खाण



अ+ अ-

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने बताएका छन् ।

प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाका तर्फबाट प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाणले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट गरे ।

यद्यपि उनले एमसीसी र एसपीपी फरक फरक विषय भएको बताए । केही सांसदहरुले एमसीसीकै कारणले एसपीपी आएको हो कि भन्ने प्रश्न गरेको भन्दै उनले दुवै एकै नभएको बताए ।

“एमसीसी सुरुदेखि नै पास गर्नुपर्छ भन्यौँ र गर्यौँ पनि”, उनले भने, “नेपाल अब एसपीपीमा जाँदैन भनेका छौँ, नेपाल कुनै पनि हालतमा एसपीपीमा जाँदैन ।”