• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन ★   बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण ★   आजको आईपीएल: लखनउसँग बदला लिने धुनमा मुम्बई ★   मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो,घरजग्गा कर्जामा राष्ट्र बैंक लचक ★   कांग्रेसले तयारीका लागि समय मागेपछि संसद् बैठक बस्न ढिलाइ ★   प्रतिपक्ष दलको बैठक बानेश्वरमा सुरु ★   ‘पुजार सार्की’मा आर्यन: विगतभन्दा ‘टफ’ भूमिका, लुक्समा आफ्नै पिताको नक्कल ★   संसदभित्रै सांसदले सारी तानेपछि… ★   सदनको गतिरोध हटाउन सभामुख र प्रमुख सचेतकबिच छलफल जारी ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

ओलीको पालामा एसपीपी सम्झौता भएको प्रमाणित गर्न एमालेको प्रचण्डलाई चुनौती



काठमाडौँ । नेकपा (एमाले) ले केपी शर्मा ओलीको पालामा स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता भएको प्रमाणित गर्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको सुरुमै समय लिँदै एमालेका वरिष्ठ उपाध्यक्ष एवं सांसद ईश्वर पोखरेलले अमेरिकासँग एसपीपी सम्झौता ओली सरकारका पालामा भएको प्रमाणित गर्न प्रचण्डलाई चुनौती दिनुभएको हो । उहाँले एसपीपी सम्बन्धमा सत्ता गठबन्धनका नेताहरुले झुटो बोलेको बताए ।

बिहीबार बिहान एक सार्वजनिक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एसपीपीको कार्यन्वयन गर्ने काम सन् २०१९ मा केपी ओली सरकारले गरेको बताउनुभएको थियो ।

कार्यक्रममा उहाँले भन्नुभएको थियो, “एसपीपी सम्झौता हुँदैछ भन्ने प्रचार झुटो हो, बरु यो एसपीपी सम्झौता कार्यान्वयन गर्ने सहमति २०१९ मा केपी ओली नेतृत्वको सरकारले गरिसकेको तथ्य इतिहासमा छ । यो कुरा हामी सबैले बुझ्न जरुरी छ।”

प्रचण्डको सो भनाइप्रति संकेत गर्दै पोखरेलले आफू केपी ओली नेतृत्वको सरकारमा उपप्रधान तथा रक्षामन्त्री रहेको उल्लेख गर्दै भने, “यस विषयमा कुनै सकारात्मक कुरा, लिखत, वक्तव्यहरु माइन्युट छन् भने यो संसद्समक्ष प्रस्तुत गरियोस् । त्यसको पूर्ण जवाफदेही लिन हामी तयार छौँ।”

नेता पोखरेलले प्रचण्डप्रति आक्रोश पोख्दै यस्ता गैरजिम्मेबार ढंगले बोलेकामा क्षमा माग्नुपर्ने बताए ।