५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मगर समुदायको भूम्या पर्वः खुलामञ्चमा देखियो यस्तो रौनक (फोटोफिचर/भिडियो)



(तस्बिरः सामुयल क्यापछाकी /न्युजपोलार)
अ+ अ-

काठमाडौँ । काठमाडौंको खुलामञ्चमा मगर समुदायले आज पनि विभिन्न कार्यक्रम गरि भूम्या पर्व मनाएको छ । खुलामञ्चमा हिजोबाट(असार १) सुरु भएको यो पर्वमा मगर युवायुवतीसहित सबै उमेर समूहका व्यक्तिहरु सांस्कृतिक झाँकी र मौलिक भेषभुषामा सजिएर रमेका थिए ।प्राकृतिक विपत्तिबाट बच्ने विश्वासका साथ प्रकृतिको पूजा गरी मनाइने यो पर्व मगर समुदायको ठूलो पर्व हो ।

नेपाल मगर संघको केन्द्रीय समितिले आयोजना गरेको उक्त कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागी भएका थिए । यो पर्व मनाएपछि दैवी विपत्तिबाट जोगिने जनविश्वास रहेको छ । आफू बसेको ठाउँको भूमि र भूमि देवताको पूजा गरेर मातृभूमिप्रति श्रद्धा र आदर प्रकट गर्नका लागि यो पर्व मनाइने गरिन्छ । विगतमा मगरले मात्रै मनाउने यो पर्व अहिले अन्य जातिले समेत मनाउन थालेका छन् ।

मगर राज्य रहेको समयमा वर्षभरिको नियम, कानुन बनाउने तथा त्यसका लागि प्रतिनिधि चयन गर्ने दिनका रूपमा समेत यो पर्वलाई लिने गरिन्छ । उपत्यकासहित विभिन्न जिल्ला र विदेशमा समेत मगरहरुले भूम्या पर्व मनाएका छन् ।