• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   पश्चिम सेतीबाट उत्पादित विद्युत प्रशारणमा सम्झौता ★   राष्ट्रपतिद्वारा संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने ★   अर्थसमिति बजेटका विषयमा राष्ट्र बैंकसँग सुझाव माग गर्ने निकाय होइन: पूर्वअर्थमन्त्री पौडेल ★   ॐ हस्पिटलमा विश्व नर्सिङ दिवस ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने ★   भारतको जयपुरका विद्यालयमा बम विस्फोट गराउने धम्की ★   एक हप्ताभित्र मन्त्रिमण्डल विस्तार हुन्छः मुख्यमन्त्री कार्की ★   जसपाका नवनियुक्त मन्त्रीले लिए सपथ ★   राष्ट्र बैंकसँग रहेको साढे पाँच करोड भारतीय रकम अहिलेसम्म बुझाउन सकेका छैनौं: गभर्नर ★   संसद अवरोधबारे प्रचण्ड, ओली र रविबीच सिंहदरबारमा छलफल

विमानस्थल सङ्कटकालीन योजना,कालो धुँवाको मुस्लो !



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार विमान दुर्घटना उद्धारको ड्रिल (पूर्वाभ्यास) गरिएको छ । विमान दुर्घटना हुँदा के गर्ने, विमानमा आगो लागेमा कसरी निभाउने, सम्भावित घाइतेको उद्धार कसरी गर्ने भनेर पूर्वाभ्यास गरिएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।

सो क्रममा नेपाली सेना, नेपाल प्रहरीलगायतका सुरक्षा निकाय, स्वास्थ्यकर्मी र अग्नि नियन्त्रकको टोलीले पूर्वाभ्यास गरेको थियो । जहाज दुर्घटनाको काल्पनिक घटनाअनुसार त्यसको प्रतिकार्यको अभ्यास कार्यका लागि आधा घण्टा विमानस्थल बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानस्थल सङ्कटकालीन योजना उक्त अभ्यास गरिँदा आकाशमा कालो धुँवाको मुस्लो देखिएको थियो भने दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधि सक्रिय पारिएको थियो । यसरी गरिएको उक्त पूर्वाभ्यासले एक छिन त साँच्चिकै दुर्घटना भयो कि भन्ने भानसमेत परेको थियो । रासस