६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री विमला प्रकरणः छानबिन गर्न लुम्बिनी सरकारले बनायो समिति



अ+ अ-

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य, जनसंख्या परिवार कल्याण राज्यमन्त्री विमला कुमारी वली घटनाबारे सत्य तथ्य बुझ्नका लागि कार्यदल बनाएको छ ।

प्रदेशको बुधबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाएको हो ।

जाँचबुझ समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेको समिति बनाएको सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिए ।

मंगलबार बिहान वाईसीएल कार्यकर्ता एकराज बस्नेतको घरमा पुगेकी मन्त्री विमलाले एकराजसँग विशेष कामले भेट्ने भन्दै उनको श्रीमती र छोरीलाई हातपात गरेकी थिइन् ।

एकराजकी पत्नी मिना भण्डारीले वलीविरुद्ध मंगलबार नै इप्रका तुलसीपुरमा किटानी जाहेरी दिएकी छिन् ।

नेकपा एमालेबाट दाङ ३ खबाट प्रदेशसभा सदस्य निर्वाचित भएका उत्तरकुमार वलीको दुर्घटनामा मृत्यु भएको थियो । त्यसपछि विमला सोही क्षेत्रमा भएको उपनिर्वाचनमा विजयी भएकी थिइन् । नेकपा विभाजन भएपछि उनी नेकपा (माओवादी केन्द्र)तिर गएकी थिइन् ।