• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
Latest
★   काँग्रेस जिम्मेवार प्रतिपक्ष बनोस्, म माथि संसदीय समिति बनाउनुपर्ने स्पष्ट आधार छैनः गृहमन्त्री ★   काँग्रेसको व्यक्ति लक्षित संसदीय समितिको माग सम्भव छैन: एमाले ★   गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउने काँग्रेसको अडान कायमै ★   अमेरिकामा प्रथम विद्वत् धर्मसभा ! ★   चितवनमा बाघ र गैँडा मृत फेला ★   सिन्धुलीमा रहेका मुख्यमन्त्री जम्कट्टेल बिरामी, हेलिकोप्टरमार्फत काठमाडौँ ल्याईदै ★   उपेन्द्र यादव नेतृत्वको जसपाले सरकारलाई दिएको समर्थन कायम राख्ने ★   दुई वर्षमा दुई वटा पनि कानून बनेनन्: मन्त्री भण्डारी ★   रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु: प्रधानमन्त्री ★   गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणाविरुद्ध कांग्रेसद्वारा सर्वोच्चमा रिट

बाँकेमा सिकलसेलका बिरामी बढ्दै



नेपालगञ्ज । पछिल्लो समय बाँके जिल्लाका थारू सुमदायमा देखिएको सिकलसेलका बिरामीको सङ्ख्यामा वृद्धि हुन थालेको छ । उपचारार्थ भेरी अस्पताल, नेपालगञ्ज आउने बिरामीको पनि चाप बढ्न थालेको अस्पतालले जनाएको छ । यस्ता बिरामीलाई रु एक लाखसम्म निःशुल्क उपचार गर्ने सरकारको नीति छ तर एउटा बिरामीका लागि सो रकम अपुग भएको अस्पतालका चिकित्सकले जनाएका छन् ।

अस्पतालका सूचना अधिकारी डा सङ्केतकुमार रिसालले प्रतिदिन सरदर २०० सिकलसेलका बिरामी उपचारका लागि आएको जानकारी दिँदै रोग पहिचानका लागि थारू समुदायका बस्तीमा स्वास्थ्य कार्यालयमार्फत शिविरसमेत सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले सिकलसेलसँगै थालसेमिया रोगसमेत देखिएको उल्लेख गर्दै शिविरमार्फत सिकलसेलको स्क्रिनिङ परीक्षणपछि थप बिरामीको भेरी अस्पतालमा रहेको ‘एचबी एलेक्ट्रो फोरोसिस’ मेशिनबाट सिकलसेल रोग निश्चित गरेपछि मात्रै सरकारले उपचार गर्ने जानकारी दिनुभयो । उहाँले सिकलसेल र थालसेमिया दुवै रोग रगतसँग सम्बन्धित रोग भएको बताउनुभयो ।

जिल्लाको थारू समुदायको बाहुल्य रहेको ठाउँमा गरिएका परीक्षणमा ती समुदायमा सिकलसेलका बिरामी देखिएका छन् । राप्तीसोनारी गाउँपालिकाको बैजापुरमा मात्रै १५० जनाको परीक्षण गर्दा २१ लाई सिकलसेल पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालयले दश दिनदेखि यस क्षेत्रमा सिकलसेल तथा थाल सेमिया रोगको परीक्षण गरी जाँच गरिरहेको छ । सो अवधिमा चार सय जनाको परीक्षण गरिसकेको ती मध्येमा ३१ प्रतिशतलाई सो रोग देखा परेको छ । कार्यालयका अधिकृत नरेश श्रेष्ठले थारू समुदायमा सिकलसेल तथा थालसेमिया भन्ने लुकेका बिरामी धेरै हुन सक्ने जानकारी दिनुभयो ।

कोहलपुरमा नगरपालिका आफैँले सिकलसेल जाँच गरेको छ । नगरपालिकाले नौ हजार मानिसको परीक्षण गर्दा सात सयमा सो रोग देखा परेपछि उनीहरुको उपचार गरिरहेको छ । जिल्लामा कोहलपुर, राप्ती सोनारीसँगै बैजनाथमा थारू समुदायको बसोबास बढिरहेको छ ।