४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

मोटरसाइकल चलाउँदा आईफोनको क्यामरा बिग्रिने सम्भावना

मोटरसाइकल चलाउँदा आईफोनको क्यामरा बिग्रिने सम्भावना
अ+ अ-

शक्तिशाली मोटरसाइकलबाट हुने कम्पनबाट आईफोन जोगाउन प्रयोगकर्तालाई निर्माता कम्पनी एपलले सुझाव दिएको छ। एपलका अनुसार नराम्रो कम्पनले आईफोनको क्यामराको प्रणालीमा खराबी आउन सक्छ।

म्याकरूमर्स वेबसाइटले फेला पारेको एपलको ग्राहक सेवा वेबसाइटको सपोर्ट पेजमा उक्त प्रविधि कम्पनीले शक्तिशाली मोटरसाइकलमा आईफोन जोडेर नराख्न चेतावनी दिएको छ।

उक्त दस्ताबेजमा इन्जिनमा हुने कम्पनीले फोनको क्यामराले फोटो खिच्दा सन्तुलन कायम रहोस् भनेर जडान गरिएको प्रविधि 'अप्टिकल-इमेज स्टेबलाइजेशन अथवा क्लोज्ड-लूप अटोफोकस' प्रणालीमा हानि पुर्‍याउन सक्ने बताइएको छ।

स्कूटर र मोपेडचालकलाई पनि आईफोन ह्यान्डलमा जडान गर्दा कम्पन घटाउन सघाउने विशेष खालको 'माउन्ट' प्रयोग गर्न सुझाव दिइएको छ।

विभिन्न मानिसले मोटरसाइकलमा जोडेपछि आफ्नो फोन बिग्रिएको सामाजिक सञ्जालमा लेखेका छन्। एपलले विभिन्न मोडलका आईफोनमा क्षति हुने जोखिम भएका जनाएको छ।

'उच्च आयामको कम्पन'
चाल, कम्पन र गुरुत्वाकर्षणको प्रभावलाई प्रतिरोध गरेर तस्बिरको गुण सुधार गर्नका लागि निर्माण गरिएको आईफोनको क्यामरामा राखिएको प्रणाली यसले प्रभावित भएको पाइएको छ।

'शक्तिशाली मोटरसाइकलबाट 'सघन उच्च-तरङ्ग भएका कम्पनू उत्पन्न हुन्छ,' उक्त सपोर्ट पेजमा भनिएको छ। त्यस्तो कम्पन फ्रेम र ह्यान्डलबारबाट फैलिन सक्छ।

'आवृत्ति ९फ्रिक्वेन्सी०का केही निश्चित श्रेणीभित्र पर्ने धेरै चर्को तरङ्ग भएको कम्पनका कारण आईफोनका यी प्रणालीहरूको कार्यक्षमता क्षीण हुन सक्छ अनि त्यसले तस्बिर र भिडिओको गुण घटाइदिन सक्छ।'

मोटरसाइकल चढेर कतै जाँदा बाटो पत्ता लगाउन प्रायः फोन देखिनेगरी ह्याण्डलमा जडान गरेर राख्ने चलन छ।

त्यसैले कम्पनबाट आफ्नो आईफोन जोगाउने उपाय भनेको प्रथमतः मोटरसाइकलको ह्याण्डलमा त्यसरी आईफोन नजोड्नु नै हो। (बीबीसी)