• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

अष्ट्रेलियामा कार्यरत कामदारहरुको न्युनतम पारिश्रमिक ५.२ प्रतिशतले बृद्धि



क्यानर्बेरा । अष्ट्रेलियामा कार्यरत कामदारहरुको न्युनतम पारिश्रमिक ५.२ प्रतिशतले बृद्धि गरिएको छ । विभिन्न उपाभोग्य वस्तुहरुको मूल्य बृद्धि भएकाले कामदारहरुको सेवा सुविधामा पनि बृद्धि गर्नुपर्ने भएकाले न्युनतम पारिश्रमिक बृद्धि गरिएको हो ।

स्वतन्त्र कार्य आयोग (एफडब्लुसी)ले बुधबार घोषणा गरेको न्युनतम पारिश्रमिकअनुसार अष्ट्रेलियामा कार्यरत मजदुरहरुको अबको न्युनतम पारिश्रमिक २१.३८ अष्ट्रेलियन डलर हुने भएको छ । यसअघि न्युनतम पारिश्रमिक २०.३३ अष्ट्रेलियन डलर थियो ।

हरेक मजदुरले हप्तामा ४० अष्ट्रेलियन डलर थप कमाउन सक्ने पनि आयोगका अधिकारीहरुले जानकारी दिएका छन् । आयोगको यस निर्णयले अष्ट्रेलियाका झण्डै २७ लाख कामदारलाई प्रभावित पार्ने भएको छ। केन्द्रीय सरकार र प्रधानमन्त्री एन्थोनी अल्बानीले यसअघि नै कम्तीमा ५।१ प्रतिशत पारिश्रमिक बृद्धि गर्न आग्रह गर्नु भएको थियो ।

तर विभिन्न कर्मचारी सङ्गठनहरुले भने कम्तीमा ५.५ प्रतिशत पारिश्रमिक बृद्धि गर्नुपर्ने माग गर्दै आएका थिए । सरकारी पक्ष र कामदार पक्ष दुबैको मागको बिचमा रहेर ५.२ प्रतिशत बृद्धि गर्ने निर्णय आयोगले गरेको छ ।

आयोगका अध्यक्ष आइन रोसले तल्लो तहका कर्मचारीहरुले आफूहरुको पारिश्रमिक अति न्युन भएकाले दैनिकी चलाउनै गाह्रो भएकाले जतिसक्दो धेरै बढाउन आग्रह दबाव दिने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, “विषेश गरेर तल्लो तहका कर्मचारीहरुले तलव धेरै पढाउन पटक पटक दवाव दिदै आएका थिए ।”