४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीबारे निर्णय गर्न जसपा कार्यकारिणी बैठक जारी



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठक ललितपुरमा जारी छ । 

शुक्रबार दिउँसो बसेको बैठकमा विभिन्न १२ एजेन्डामा छलफल भइरहेको नेताहरुले बताएका छन् ।

आइतबारको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे निर्णय लिइने बैठकमा सहभागी एक नेताले जानकारी दिए । 

शनिबार पाँच घण्टा लामो चलेको छलफलमा एमसीसीको विषयमा भने छलफल नै भएको थिएन । आइतबार सत्तारुढ गठबन्धनले एमसीसी सम्झौतालाई केही व्याख्यात्मक घोषणा गरेर संसदबाट अनुमोदन गर्ने निर्णय गरेपछि जसपाको बैठक बस्न लागेको हो ।