२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीबारे निर्णय गर्न जसपा कार्यकारिणी बैठक जारी



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठक ललितपुरमा जारी छ । 

शुक्रबार दिउँसो बसेको बैठकमा विभिन्न १२ एजेन्डामा छलफल भइरहेको नेताहरुले बताएका छन् ।

आइतबारको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे निर्णय लिइने बैठकमा सहभागी एक नेताले जानकारी दिए । 

शनिबार पाँच घण्टा लामो चलेको छलफलमा एमसीसीको विषयमा भने छलफल नै भएको थिएन । आइतबार सत्तारुढ गठबन्धनले एमसीसी सम्झौतालाई केही व्याख्यात्मक घोषणा गरेर संसदबाट अनुमोदन गर्ने निर्णय गरेपछि जसपाको बैठक बस्न लागेको हो ।