१ चैत्र २०८१, शुक्रबार
March 14, 2025 Friday

23.91°C

काठमाडौं

23.91°C

Kathmandu

Feels-like: 22.98

Wind: 3.46

Humidity: 24

Latest
सांसद बजगाईँद्वारा मन्त्री पाण्डेमाथि कारवाही माग गर्दै अनुशासन आयोगमा उजुरी सगरमाथा संवादको सचिवलयमा प्रधानमन्त्रीको निरीक्षण: तयारी चुस्त–दुरुस्त बनाउन निर्देशन तराईमा होली – फोटोफिचर ‘वस्तुको प्रकृतिअनुसार भन्सार वर्गीकरणको व्यवस्था गर्नुपर्नेमा जोड’ माओवादी केन्द्रिय कार्यालयमा शिक्षक महासंघको धर्ना मुग्लिन–पोखरा सडक स्तरोन्नतिः ७३ किलोमिटर कालोपत्र युक्रेनको युद्धविराम योजनामाथि पुटिनद्वारा ‘गम्भीर आशङ्का’ व्यक्त, छलफल जारी एमालेले सचिवालय बैठक बोलायो महामूर्खको उपाधि मुख्यमन्त्री सिंहलाई दिइने महिला टी–२० क्रिकेटः हङकङद्वारा नेपाललाई १०५ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसपीपी सम्झौतामा सरकारले हस्ताक्षर गर्न लागेको भन्दै एमालेको आपत्ति



अ+ अ-

काठमाडौँ । नेपाल सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौतामा हस्ताक्षर गर्न लागेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा एमालेले अमेरिकाले प्रस्ताव गरेको सो सम्झौतामा हस्ताक्षर गर्न खोजेर सरकारले नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेको आरोप लगायो ।

बैठकको विशेष समयमा बोल्दै एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने काम कुनै पनि हालतमा स्वीकार्य नहुने र त्यसलाई एमालेले हुन नदिने बताए ।

नेता ज्ञवालीले छिमेकी र शक्ति राष्ट्रहरुको भिन्न भिन्न स्वार्थ र रणनीति हुने बताए । त्यस्तो स्वार्थ र रणनीतिमा नेपाल साझेदार बन्न नहुने उनको भनाइ थियो ।

सगरमाथा आरोहणका क्रममा एक रुसी आरोहीले सगरमाथाको चुचुरोबाट अर्को मुलुकविरुद्ध झण्डा उचालेको भन्दै उनले सरकारको आलोचना गरे ।

नेपाल र नेपालीको गौरव, पहिचान र शान भएको सगरमाथाको चुचुरोबाट एउटा देशका विरुद्ध झण्डा उचाल्ने कामले सगरमाथालाई पनि रणनीतिक मैदानको थलो बनाउन खोजेको उनको प्रतिक्रिया थियो ।