९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको थप ८ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले थप ८ जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ । मंगलबार सिन्धुपाल्चोक, मोहत्तरी, काभ्रे, मोरङ,  बर्दिया, पर्सा, कैलाली र बाजुराको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको हो । 

क्रियाशील टुङ्ग्याउन गठित कार्यदलका सदस्य योगेन्द्र चौधरीका अनुसार बाँकी जिल्लाको विवाद क्रमशः मिलाउँदै जाने बताए । सदस्यता विवादकै कारण कांग्रेसले २० जिल्लामा हालसम्म वडा अधिवेशन गर्न सकेको छैन । कार्यतालिका अनुसार १८ भदौमा ७७ जिल्लाको वडा अधिवेशन गर्ने भनिएपनि हालसम्म ५६ जिल्लाको मात्र सम्पन्न भएको छ ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा भएको वडा अधिवेशन भने विवादित बनेको छ । संस्थापन इतर समूहले डडेलधुराको वडा अधिवेशन पुनः गराउन माग गरिरहेको छ ।