काठमाडौं । नेपाली कांग्रेसले थप ८ जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ । मंगलबार सिन्धुपाल्चोक, मोहत्तरी, काभ्रे, मोरङ, बर्दिया, पर्सा, कैलाली र बाजुराको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको हो ।
क्रियाशील टुङ्ग्याउन गठित कार्यदलका सदस्य योगेन्द्र चौधरीका अनुसार बाँकी जिल्लाको विवाद क्रमशः मिलाउँदै जाने बताए । सदस्यता विवादकै कारण कांग्रेसले २० जिल्लामा हालसम्म वडा अधिवेशन गर्न सकेको छैन । कार्यतालिका अनुसार १८ भदौमा ७७ जिल्लाको वडा अधिवेशन गर्ने भनिएपनि हालसम्म ५६ जिल्लाको मात्र सम्पन्न भएको छ ।
पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा भएको वडा अधिवेशन भने विवादित बनेको छ । संस्थापन इतर समूहले डडेलधुराको वडा अधिवेशन पुनः गराउन माग गरिरहेको छ ।











