• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

गायिका इन्दिरा जोशीले गरिन् बिहे



काठमाडौं । गायिका इन्दिरा जोशी वैवाहिक बन्धनमा बाँधिएकी छन् ।

उनले मंगलबार चितवनको बाराही जंगल लजमा प्रेमी तथा फेसन डिजाइनर शरद केडियासँग विवाह गरेकी हुन् । विवाह समारोहमा दुवैतर्फका परिवार र आफन्त गरी ५० जनाको उपस्थिति रहेको थियो ।

आइतबार बिहेको कार्ड सार्वजनिक गर्दै उनले विवाह गर्न लागेको जानकारी दिएकी थिइन् ।

इन्दिराले आफ्नो इन्स्टाग्राममार्फत विवाहको तस्बिर सार्वजनिक गर्दै ‘अब हामी श्रीमान–श्रीमती भयौं,’ लेखेकी छन् ।

तीन वर्षदेखि सम्बन्धमा रहेको इन्दिरा र शरदले गत वर्ष सगरमाथाको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए ।

इन्दिरा र शरदले आगामी तिहारपछि काठमाडौं र वीरगञ्जमा रिसेप्सन पार्टी दिने जनाइएको छ ।