२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसिया जाने महिला क्रिकेट टिमको बिदाइ



अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले मलेसियामा आयोजना हुने एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई बिदाइ गरेको छ ।

मंगलबार मलेसिया जाने महिला टोलीलाई बिदाइ गरिएको हो । बिदाई समारोहमा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंक लाल घिसिङ, क्यानका कार्यबाहक सचिव प्रशान्त बिक्रम मल्ल लगायत क्यानका पदाधिकारी उपस्थित थिए ।

च्याम्पियनसिपका लागि क्यानले सोमबार रुबिना क्षेत्रीको कप्तानीमा १५ सदस्यीय महिला टिमको घोषणा गरिसकेको छ ।

च्याम्पियनसिप जुन १७ बाट सुरु हुनेछ । च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा रहेको छ । जुन समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् ।

समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।

नेपाली टोलीमा कप्तान रुबिनासँगै उपकप्तान इन्दु वर्मा, सीता रानामगर, ज्योति पाण्डे, कविता कुँवर, अस्मिना कर्माचार्य, कविता जोशी, ममता चौधरी, मनिषा उपाध्याय, डोली भट्ट, विन्दु रावल, सङ्गीता राई, अपसरी बेगम, काजोल श्रेष्ठ र सबनम राई रहेका छन् ।