१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोलाप्रथाबाट चितवनको जिसस प्रमुखमा एमालेका अधिकारी विजयी



अ+ अ-

चितवन । जिल्ला समन्वय समिति (जिसस) चितवनको प्रमुखमा नेकपा (एमाले) का नारायण अधिकारी विजयी भएका छन् । मंगलबार भएको निर्वाचनमा पाँच दलीय गठबन्धन र एमालेको बराबर मत आएको थियो ।

मत बराबर भएपछि गरिएको गोलाप्रथामा एमालेका अधिकारी निर्वाचित भएका हुन् । मतदान प्रक्रियामा जिल्लाका सात पालिकाका प्रमुख र उपप्रमुख गरी १४ जनाले मतदान गरेका थिए ।

जिसस प्रमुखका लागि भएको मतदानमा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट र विजयी अधिकारीले समान सात मत पाएका थिए । त्यसपछि गोलाप्रथा गरिएको थियो ।

जिसस उपप्रमुखमा भने नेकपा (एकीकृत समाजवादी) की कल्पना काफ्ले सापकोटा निर्विरोध निर्वाचित भइन् । चितवनका सात पालिकामध्ये एमालेले तीन प्रमुख र चार उपप्रमुख र गठबन्धनले चार प्रमुख र तीन उपप्रमुख जितेको थियो ।