• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ मङ्गलबार छिचोलिने ★   आयरल्याण्डविरुद्धको खेलअघि भारतका शीर्ष खेलाडीसँग रिसाए इरफान पठान ★   काठमाडौंका मेयर साहलाई काम गर्न दिनुपर्छ: काँग्रेस सांसद भण्डारी ★   सुझाव दिएकै भरमा एमाले र माओवादीबीच खटपट शुरु भयो भन्ने होइनः महेश बर्तौला ★   गिरिबन्धु टि स्टेटबारे ओलीको जवाफः बालेनलाई सोध्नुस् ★   सिलौटो बेचेर जीविकोपार्जन गर्दै धरानका विशाल ★   विपत्तिका बेला नागरिकको ज्यान जोगाउन ऐनकानुन नखोजौँ: गृहमन्त्री लामिछाने ★   टी–२० विश्वकपः नेपालको समूहका दक्षिण अफ्रिका र श्रीलंका भिड्दै ★   देउवासँगको छलफलपछि सिंहदरबारमा प्रचण्ड, ओली र नेपालबीच भेटवार्ता ★   भोजपुरको सर्वाङ्गिण विकास निर्माणका लागि सबै एक हौँ: पूर्वराष्ट्रपति भण्डारी

खेलाडीहरुको संरक्षण र विकासका लागि खेलकुद बीमाको अवधारणाको विकास गर्ने : मन्त्री पौडेल



काठमाडौँ । आगामी आर्थिक वर्ष देखि सरकारले खेलाडीहरुको संरक्षण र विकासका लागि खेलकुद बीमाको अवधारणा विकास गर्ने भएको छ ।

मंगलबार प्रतिनिधि सभाको विनियोजित बजेटमा उठेका मन्त्रालय अन्तर्गतको युवा तथा खेलकुद मन्त्रीको तर्फबाट जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले यस्तो बताउनु भएको हो । उहाँले आगामी आर्थिक वर्षमा खेलाडीहरुको लागि खेलाडी बीमा अन्तर्गत खेलाडी जीवन बीमा, खेलाडी तथा स्वास्थ्य प्रशिक्षण बीमा, खेलाडी तथा प्रशिक्षण आकास्मिक बीमाको व्यवस्था गरेको बताउनु भयो । मन्त्री पौडेलले खेलाडीहरुको प्रोत्साहनको लागि खेलाडी भत्ता, उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार सहित समानको व्यवस्था पनि गरिएको बताउनु भयो । उहाँले आगामी आर्थिक वर्षमा १ सय ७१ वटा पालिकामा नै बजेटको व्यवस्था गरि खेलपूर्वाधार निर्माण गर्ने योजना सरकारको रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ खेलाडीहरुको संरक्षण र विकासका लागि आगामी आर्थिक वर्षमा खेलकुद विमाको अवधारणा विकास गरिएको छ। दुर्घटनामा परेका खेलाडीहरुको उपचार गर्न चिकित्सा केन्द्रलाई व्यवस्थित गर्न बजेट विनियोजन गरिएको छ । खेलाडीहरुलाई प्रोत्साहन गर्न खेलाडी जीवन बीमा,खेलाडी तथा स्वास्थ्य प्रशिक्षण बीमा, खेलाडी तथा प्रशिक्षणको आकाम्कि बीमा सहयोग,खेलाडी प्रोत्साहन पुरस्कार,ओल्मपिक भत्ता र उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार समानको व्यवस्था मिलाइएको छ एक स्थानीय तह एक खेलपूर्वाधार निर्माण गर्ने नेपाल सरकारको नीति अनुसार विगतमा निर्माणाधिन रहेका खेलपूर्वाधारहरुलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्षमा १ सय ७१ वटा पालिकामा नै बजेट जाने प्रश्ताव गरिएको छ । स्थानीय तहमा खेल मैदान निर्माणका लागि कार्यविधि अनुसार मन्त्रालयले सार्वजनिक सूचना जारी गरी स्थानीय तहले नै उपयुक्त स्थान छनोट गरी पूर्वाधार निर्माणको लागि प्रश्ताव मागरिएको आधारमा मापदण्ड पुगेका स्थानीय तहहरु बजेट विनियोजन गरिएको छ । बजेट अधिकतम सीमा २ करोड भएकाले सबै पालिकाले सम्मान बजेट प्राप्त गर्ने छन् । खेलकुद र खेलाडीहरुको विकास विद्यालयतह देखि गर्ने उदेश्यले विद्यालयहरुलाई खेलकुद र उद्गम स्थालको रुपमा विकास गर्न आगामी आर्थिक वर्षबाट नमुनाका रुपमा एक विद्यालय एक खेल मैदानको प्रश्ताव गरिएको छ ।’

मन्त्री पौडेलले खेलकुद र खेलाडीहरुको विकास विद्यालयतह देखि गर्ने उदेश्यले आगामी आर्थिक वर्षबाट नमुनाका रुपमा एक विद्यालय एक खेल मैदानको व्यवस्था गर्ने बताउनु भयो ।