२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंका मेयर साहलाई काम गर्न दिनुपर्छ: काँग्रेस सांसद भण्डारी



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले काठमाडौं महानगरपालिकाका मेयर बोलेन्द्र साहको काममा अवरोध गर्न नहुने बताउनु भएको छ ।

एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीले काठमाडांैको न्युरोडस्थित सडक पेटी बिस्तार गर्न नदिएको आरोप लगाईरहेका बेला काँग्रेस सांसद भण्डारीले मेयर साहलाई काम गर्ने कुरामा निरुत्साहित गर्न नहुने टिप्पणी गर्नुभएको हो । सोमवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले मेयर शाहमा केही गरौं भन्ने हुटहुटी रहेकाले काम गर्न दिनुपर्ने बताउनु भयो । सांसद भण्डारीले गिरीबन्धु टि स्टेट प्रकरण छानविन गरी दोषीमाथि कारबाही हुनुपर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गिरीबन्धु कसले गर्‍यो ? यो अनुसन्धानको विषय हो । गिरीबन्धुहरुको कारणले धेरै नेपालीहरु ठगिएका छन् । जसरी सहकारीमा ठगिएका छन । यसको रकम छिटोभन्दा छिटो फिर्ता गरिनु पर्छ । र गलत गर्नेलाई कारबाही पनि गर्नुपर्छ । दोस्रो कुरा जुन बालेनहरु नयाँ जेनेरेशन आएका छन् । उसलाई केही गरौं भन्ने हुटहुटी छ । हामीले त्यो काम गर्न दिनुपर्छ । आफूले पनि नगर्ने, आफूले पनि नजिक भएको फोहोर नदेख्ने, नयाँ जेनेरेशन आएर उसले गर्छु, नजिक फोहोर छ मैले फ्याँक्छु । मैले विश्वको शहरहरुजस्तो बनाउँछु भन्छ भने उसलाई पनि हामीले निरुत्साहित गर्नुहुँदैन । र काम गर्न दिनु पर्छ । म युवा जेनेरेशनको पक्षमा छु । तर धेरै बोल्ने, नचाहिने कुरा गर्ने, आपसमा द्वन्द्व गर्नेहरुको पक्षमा होइन ।’

सांसद भण्डारीले आफू नयाँ पुस्तालाई काम गर्न दिनुपर्छ भन्ने पक्षमा रहेको बताउनु भयो ।