५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलाडीहरुको संरक्षण र विकासका लागि खेलकुद बीमाको अवधारणाको विकास गर्ने : मन्त्री पौडेल



अ+ अ-

काठमाडौँ । आगामी आर्थिक वर्ष देखि सरकारले खेलाडीहरुको संरक्षण र विकासका लागि खेलकुद बीमाको अवधारणा विकास गर्ने भएको छ ।

मंगलबार प्रतिनिधि सभाको विनियोजित बजेटमा उठेका मन्त्रालय अन्तर्गतको युवा तथा खेलकुद मन्त्रीको तर्फबाट जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले यस्तो बताउनु भएको हो । उहाँले आगामी आर्थिक वर्षमा खेलाडीहरुको लागि खेलाडी बीमा अन्तर्गत खेलाडी जीवन बीमा, खेलाडी तथा स्वास्थ्य प्रशिक्षण बीमा, खेलाडी तथा प्रशिक्षण आकास्मिक बीमाको व्यवस्था गरेको बताउनु भयो । मन्त्री पौडेलले खेलाडीहरुको प्रोत्साहनको लागि खेलाडी भत्ता, उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार सहित समानको व्यवस्था पनि गरिएको बताउनु भयो । उहाँले आगामी आर्थिक वर्षमा १ सय ७१ वटा पालिकामा नै बजेटको व्यवस्था गरि खेलपूर्वाधार निर्माण गर्ने योजना सरकारको रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ खेलाडीहरुको संरक्षण र विकासका लागि आगामी आर्थिक वर्षमा खेलकुद विमाको अवधारणा विकास गरिएको छ। दुर्घटनामा परेका खेलाडीहरुको उपचार गर्न चिकित्सा केन्द्रलाई व्यवस्थित गर्न बजेट विनियोजन गरिएको छ । खेलाडीहरुलाई प्रोत्साहन गर्न खेलाडी जीवन बीमा,खेलाडी तथा स्वास्थ्य प्रशिक्षण बीमा, खेलाडी तथा प्रशिक्षणको आकाम्कि बीमा सहयोग,खेलाडी प्रोत्साहन पुरस्कार,ओल्मपिक भत्ता र उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार समानको व्यवस्था मिलाइएको छ एक स्थानीय तह एक खेलपूर्वाधार निर्माण गर्ने नेपाल सरकारको नीति अनुसार विगतमा निर्माणाधिन रहेका खेलपूर्वाधारहरुलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्षमा १ सय ७१ वटा पालिकामा नै बजेट जाने प्रश्ताव गरिएको छ । स्थानीय तहमा खेल मैदान निर्माणका लागि कार्यविधि अनुसार मन्त्रालयले सार्वजनिक सूचना जारी गरी स्थानीय तहले नै उपयुक्त स्थान छनोट गरी पूर्वाधार निर्माणको लागि प्रश्ताव मागरिएको आधारमा मापदण्ड पुगेका स्थानीय तहहरु बजेट विनियोजन गरिएको छ । बजेट अधिकतम सीमा २ करोड भएकाले सबै पालिकाले सम्मान बजेट प्राप्त गर्ने छन् । खेलकुद र खेलाडीहरुको विकास विद्यालयतह देखि गर्ने उदेश्यले विद्यालयहरुलाई खेलकुद र उद्गम स्थालको रुपमा विकास गर्न आगामी आर्थिक वर्षबाट नमुनाका रुपमा एक विद्यालय एक खेल मैदानको प्रश्ताव गरिएको छ ।’

मन्त्री पौडेलले खेलकुद र खेलाडीहरुको विकास विद्यालयतह देखि गर्ने उदेश्यले आगामी आर्थिक वर्षबाट नमुनाका रुपमा एक विद्यालय एक खेल मैदानको व्यवस्था गर्ने बताउनु भयो ।




भर्खरै