४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

बाढी पहिराेको जोखिम न्यूनीकरण: व्यवस्थापकिय चुनौतीहरु

बाढी पहिराेको जोखिम न्यूनीकरण: व्यवस्थापकिय चुनौतीहरु
फाईल फोटो
अ+ अ-

भर्खरै स्थानिय चुनावको चर्चा सेलाउँदै गर्दा अहिले सबै तिर चर्चाको विषय विद्यार्थीले समयमै पाउनु पर्ने पाठ्य पुस्तकहरु, नेपालमा भित्रने मनसुनको वर्षा, काठमाडौंको फोहोर व्यवस्थापन, धरानको नदि जन्य पदार्थको व्यवस्थापन देखि लिएर किसानलाई आवश्यक पर्ने खादमल जस्ता अति आवश्यक मुद्धाहरुको उठान भएको छ जुन अति महत्वपुर्ण छन् ।

यसरी सबै तर र क्षेत्रका विषयहरु संघिय सरकारको बजेट तथा स्थानिय सरकारको निती तथा कार्यक्रम तय गर्ने संघारमा छन् । स्थानिय निर्बाचन पश्चात जन प्रतिनिधिहरुले आफ्नो कार्यभार सम्हाल्ने कार्य सम्पन्न भएको छ । अझै पनि जनप्रतिनिधिहरुलाई फूलमाला र अबिर लगाउन भने भ्याई–नभ्याई छ भने अर्को तर्फ बाढी पहिरोले पनि आफ्नो परम्परागत शैली झै बाटोघाटो बन्द बाट आफ्नो प्रभावलाई शुरुवात गरेको छ ।

कुन समयमा कसले कहाँ के गर्नु पर्छ भन्ने पाठ पढाउन यो लेख कदापि लेखेको हैन मात्र के भने सधै यस्तै ढाँचाका गतिविधिहरु दोहोर्याउदा श्रोत र साधन मार्फत गरिने लगानीको प्रभावकारिता तथा जवाफ देहिताका बारेमा आफ्नो अनुभव सल्लाह सुझावहरु राख्ने जमर्को गरेको हो ।

हाम्रो आम प्रचलन क्षति गरि सके पछि मृतकलाई श्रद्धञ्जली, मृतकका परिवारलाई केही रकम सहयोग, प्रभावित परिवारलाई राहत वितरण गर्ने विषयमा नै बढी भन्दा बढी केन्द्रित रहेको छ । हतारमा प्रतिकार्यका गतिविधिहरु संचालन गर्दा समय र श्रोतको उचित व्यवस्थापन हुदैन जसले गर्दा संकटासन्न समुदायको जन जीवन अस्त व्यवस्त हुन्छ । वर्षेनी हाम्रो देशले विभिन्न विपदहरुको प्रतिकार्य विशेष गरि खोज तथा उद्धार, राहत पुर्न स्थापना तथा पुर्ननिमार्णका क्षेत्रमा धेरै भन्दा धेरै बजेट लगानी गरिरहेको हामी सबैलाई जाग जहेर नै छ ।

एक दशक अघि देखि अफ्रिका र एशियाका केहि देशहरुमा पुर्व अनुमानमा आधारित लगानी र हालैको वर्ष देखि पुर्व अनुमानमा आधारित पुुर्वकार्य (Forecast Based Action ( FBA ) अवधारणा अपनाएर बाढीको जोखिम न्यूनीकरणका क्षेत्रका सरकारी निकाय तथा अन्य विपदका क्षेत्रमा कार्य गर्ने गैह् सरकारी निकायहरुले कार्यहरु संचालन गरि रहेका छन ।

पुर्व अनुमानमा अधारित पुर्व कार्य भनेको वर्षा वा बाढी आउन सक्ने अनुमान गरि बाढी बाट हुन सक्ने जोखिम न्यूनकिरण गर्न पुर्व तयारीका कार्य गर्न उपलब्ध गराउने मानविय सहयोग हो ।

यो भनेको कुनै नदि तटिय क्षेत्रमा अबको ३ दिनमा ठुलो पानी पर्ने पुर्व सुचना जल तथा मौषम विज्ञान विभिागले प्रवाह गर्दछ भने हामीले किन ३ दिन कुर्ने ? सुचना प्राप्त भए पश्चात बाटै संकटासन्न समुदायलाई सुचना तथा सेवाको सहयोग गर्न सक्यौ भने सो समुदयका व्यक्तिहरुको विपदको जोखिम कम गर्न सकिने नै छ ।

पुर्व अनुमानमा आधारित पुर्व कार्य गर्दा निम्न विषय तथा क्षेत्रलाई सहयोग पुग्दछ ।

क) छिटो: प्रभावित समुदायमा छिटो भन्दा छिटो सहयोगका कार्यहरु गर्न सकिन्छ । विपदको समयमा समयको धेरै महत्व हुने गर्दछ । जति छिटो खोज, उद्धार तथा राहत प्रदान गर्न सक्यो त्यसले धेरै भन्दा धेरै नोक्सानी हुनबाट बच्न सकिन्छ ।

ख)कम खर्चिलो: पहिले नै अनुमान गरेर पुर्वकार्य गर्न सके त्यहाँ प्रयोग हुने जनशक्ति, श्रोत तथा साधनहरुमा कमी ल्याउन सकिन्छ । आवश्यकता पहिचान पहिल्यै गर्न सके व्ययभारमा कमी हुन्छ ।

ग) क्षतिमा कमी: पहिले नै तयारी गरेर बाढी पहिरोको जोखिमबाट संकटासन्न परिवारलाई सुरक्षित स्थानमा राखन सकियो भने, नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई पूर्व सुचना प्रदान गर्ने, विपद पश्चात तत्काल गर्नु पर्ने खोज, उद्धार कार्य, लेखा जोखाका कार्यहरु गर्न तयार भएको अवस्थामा अवश्य पनि क्षतिलाई कम गर्न सकिन्छ ।

घ) विकास योजनामा मद्धत :प्रकोप, जोखिम र संकटासन्न क्षेत्रको पहिचान गरि प्रकोप जोखिम न्यूनकिरणका लागि योजनाहरु निमार्ण गरि समयमै कार्यान्वयन गर्न सकेमा यसले समुदायको विकास र विपद जोखिम न्यूनकिरणका क्षेत्रहरुमा एउटै गतिविधिले दुई तर्फ नै मद्धत पुग्दछ । बाढी पहिरोको जोखिम नेपालका तराई क्षेत्रहरु, चुरे क्षेत्र, भित्रि मधेशका विभिन्न क्षेत्रहरुमा वर्षेनी ठुलोमात्रामा जनधनको क्षति गरिरहेको छ । अहिले स्थानिय तहको योजना तर्जुमा गर्ने समय पनि हो । समुदायको विकास निमार्णका योजनाहरुमा विभिन्न विषयगत क्षेत्रहरु समेटेर योजना बनाउदा विपदको क्षेत्रलाई प्रायः ओझेलमा पारेको पाईन्छ । जति बेला पर्छ, त्यँही बेला प्रतिकार्य गर्ने प्रचलनले गर्दा प्रकोपबाट धेरै क्षति हुने गर्दछ ।

विपद प्रतिकार्यमा सबै भन्दा बढी गरिने र भनेकै राहत वितरण नै हो । तर विपद परेको समय र राहत पुग्ने समय बिचको दुरी जसलाई पर्खाईको पिडादायी समय( Pain Box ) भनेर बुझिन्छ । प्रायः हाम्रो प्रचलन भनेको एउटै कार्य अवस्थाको पहिचान अथवा प्रारम्भिक जानकारी सर्वेक्षण,विवरण लिने कार्य गर्नमा समय लाग्ने गरेको छ । प्रारम्भिक विवरण तथा प्रभावित स्थानको तत्कालको अवस्थाको जानकारी सुचना लिने दिने कार्यमा नै सबैको ध्यान पुग्ने देखिएको भएता पनि आवश्यक र आधिकारिक सुचना आउन समय लाग्छ ।

विपदको बेला सबैभन्दा महत्वपुर्ण विषय नै सुचना र समयको व्यवस्थापन गर्नु पर्ने हुन्छ । कुनै बाढी प्रभावित भएको समुदायका विपद परेको समयको तेश्रो दिनमा तयारी चाउचाउको आवश्यकता कमै हुन्छ तर सातौ दिनमा पनि चिउरा र चाउचाउ लगेर राहत दिन हामीले छाडेका छैनौ । यि सबै हुनका कारण भनेकै प्रभावकारी सुचना प्रवाह नहुनु र समन्वय नहुनु नै हुन सक्छ ।

समुदायमा विपद पर्दाको पहिलो उद्धारकर्ता भनेकै उसको छिमेकी नै हो अनि समुदायका व्यक्तिहरु नै हुन । बाह्य निकायहरु पुग्ने भनेको केहि समय पछि नै हो । समुदाय र छर छिमेकीको सुचनालाई नै आधार मानेर थप सहयोग, खोज तथा उद्धार कार्यमा संलग्न हुनु पर्दछ । बाढीजन्य प्रकोपको पुर्व सुचना मौषम विभागबाट विभिन्न बुलेटिन मार्फत प्राप्त हुने गरेका छन र ती सुचनाहरुलाई तल्लो तह सम्म संम्प्रेषण गर्न स्थानिय तहको ध्यान जानु पर्दछ । स्थानिय स्तरमा नदी तटि क्षेत्रमा मौषम सम्बन्धि सुचनाहरु विभिन्न संचार माध्यमहरु, संचारकर्मी, स्वयंसेवकहरु, जन प्रतिनिधहरु सबैको दायित्व हुन आउछ ।

नेपालको भु–बनौट अनुसार उत्तरबाट दक्षिण तर्फ बग्ने साना ठुला नदी,खोलाहरु, केही खहरे खोलाहरु, कुलो,पैनी बाँध, पोखरी सबै खाले संरचनाहरुको बाढी आउनु पुर्व नै उचित निकास र बाँध पफुट्ने सम्भावित स्थानहरमा तटबन्धन तथा रोकथामका कार्यहरु गुर्न आवश्यक छ । नदीजन्य पदार्थहरुको उचित प्रयोग तथा व्यवस्थापन गर्न धेरै चुनौतीहरु छन् जसलै गर्दा हाल धेरै जसो नदिहरु दोहन गरेर नदीको वहाबनै परिवर्तन हुने, रोकिने छेकिने गरेका छन ।

माथिल्लो सतहबाट बग्ने नदीहरुबाट केबल पानी मात्र बग्दैन विभिन्न फोहोरजन्य पदार्थहरु,बन जंगल,रुखपात, जमिन कटान भएको माटो बालुवा,ढुंगा आदि बग्ने गर्दछन यि सबै बगेर आउने भनेको नदीमै हो तर हाल नदी नालाहरु पुरिएर पानीको मात्रा खेती योग्य जमिन हुदै मानव वस्ती तर्फ जान्छ । बढदो शहरीकरणका कारण खेतहरु घडेरी भएका छन, विकास निमार्णले गर्दा बाटाघाटाहरु नयाँ बनेका छन बाटो अग्लो भएका कारण पहिले बनेका घर गोठहरु, करेसारबारी, खेतीयोग्य जमिन होचा भएका छन् ।

छिमेकी मुलक भारत सरकारले विकास निमार्णका कार्यहरु,नहर, बाटो घाटो जस्ता संरचनाहरु निमार्ण गर्ने क्रमले गर्दा हाम्रा नदी नालाहरुबाट वग्ने बहाव रोकिन छेकिन जान्छ जसले गर्दा तराई क्षेत्रका धेरै स्थानहरु डुबान हुने,कटान हुने गरको छ । यस्ता विषयहरुलाई हरेक व्यक्ति,परिवार,स्थानिय तह देखि प्रदेश हुदै केन्दीय सरकारले समयमै समन्वय र पुर्वकार्य गर्नु पर्ने देखिन्छ । बाढी जन्य विपदले पहिरो, फाहोर मैलाका कारण माहामामरी फैलने, सर्पदंश,खानोपनी पानीका मुहानहरु विग्रन भत्कीन गई सुरक्षित खानेपानेको अभाव, खेती योग्य जमिनको क्षति, बाटोघाटो विनास, सार्वजनिक सम्पत्तीहरु विद्यालय भवन, स्वास्थ्य संस्थाहरुमा क्षति लगायत असाबधानकिा कारण मानव जन्य क्षतिहुने गर्दछ जसका कारण धेरै नोक्सान वेहोर्नु पर्दछ भने अर्को तर्फ खोज,उद्धार, राहत, पुर्न स्थापना तथा पुर्नःनिमार्णका कार्यहरुमा धेरै अर्थिक लगानी गर्नु पर्ने हुन्छ ।

हामीले गरेका परम्मरागत अभ्यासहरु नदी,नाला, कुलोहरु सरसफाई गर्ने, जैबिक कार्यहरु बाँस रोप्ने, बोट बिरुवाहरु लगाउने, खर, अम्रिसो, बाँबियोका बिरुवाहरु रोप्ने कार्यहरु गरिदै आएका थिए तर आज यस्ता कार्य गर्ने फुर्शद कसैलाई छैन न त यस्ता कार्यहरुको अगुवाई गर्न कोही तम्मतयार नै छ । साना स्तरका अल्पिकरणका कार्यहरु, संरचनात्मक तथा गैह् संरचानात्मक कार्यहरु गर्ने योजना बनाई समुदायको अगुवाई यस्ता कार्यहरु गर्न सके जोखिम कम गर्न भने अवश्य सम्भव छ ।

यो वर्षको मनसुनबाट करिब २० लाख परिवार र ४ लाख भन्दा बढी घरधुरीहरुलाई बाढी जन्य विपदबाट असर पुग्ने अनुमान सरकारले गरेको छ । पुर्वानुमान त गरेका छौ तर यसको पुर्वकार्यहर के के गर्नु पर्छ भन्नेबारे पुर्व तयारी तथा पुर्व कार्यहरुमा केन्द्रित हुनु पर्ने विषय बढी महत्वपुर्ण हुन्छ ।

रकार तथा अन्य विपदका क्षेत्रमा कार्य गर्ने सरकारी तथा गैह् सरकारी निकायहरुले एक आपसमा समन्वय गरि बाढी जन्य विपदको पुर्व तयारीका क्षेत्रमा धेरै कार्यहरु गर्न नसके फेरी पनि पुरानै शैलीमा झै खोज,उद्धार र राहत वितरणमा मात्र संलग्न हुने अभ्यासले धेरै मात्रामा जनजीवन प्रभावित हुने र प्रकृतिक श्रोतहरुको विनास हुने सम्भावना छ ।

सरकारी तथा सबै सरोकारवाला निकायहरुले गत वर्षमा भोगेका विपदहरुबाट आजै देखि पुर्व अनुमानमा आधारित भएर पुर्वतयारी तथा पुर्वकार्यहरु गर्नका लागि आवश्यक योजना तर्जुमा तथा योजना कार्यान्वयनका लागि प्रभावकारी संयन्त्र परिचालन गर्न सके निश्चय नै विपदको जोखिमलाई कम गर्न सकिन्छ ।

-लेखक देवी प्याकुरेल(सुनसरी) हाल नेपाल रेडक्रस सोसाइटी दाङ्ग जिल्ला शाखमा संचालित समुदाय उत्थानशिलतामा अभिवृद्धि कार्यक्रमा फिल्ड अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ ।