३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा



अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक महिला र उनकी छोरीलाई कुटपिट गरेको आरोपमा वलीलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो।

मंगलबार तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर राज्यमन्त्री वलीले उनकी श्रीमती र छोरीलाई हातपात गरेकी थिइन् ।

हातपात गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा उनलाई थुनेर राखेका थिए । पछि प्रहरी आएर उनलाई नियन्त्रणमा लिएको हो । अहिले प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

राज्यमन्त्री वलीलाई अहिले इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ । कार्यालयमा अहिले कसैलाई पनि छिर्न दिइएको छैन । कार्यालयको सुरक्षा कडा पारिएको छ ।

उनी लु १ झ ५३७ नम्बरको सरकारी गाडी चढेर एकराज बस्नेतको घर पुगेकी थिइन् । घटना हुँदा एकराज घरमा नभएको बताइएको छ ।

एकराजकी श्रीमती मीना भण्डारीले राज्यमन्त्री वलीले उनको घरमा आएर एकराज आफ्नो श्रीमान् भएको दाबी गरेको बताइन् । उनका अनुसार आफू र आफ्नी छ वर्षीया छोरीलाई वलीले हातपात गरेकी थिइन् ।

सो घटनापछि मीनाले आफ्ना जेठाजुलाई खबर गरेको र जेठाजुले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले राज्यमन्त्री वलीलाई एकराजको घरबाटै नियन्त्रणमा लिएको थियो ।

एकराज र मीनाका एक छोरा र एक छोरी छन् भने वलीका पनि दुई छोरा रहेको बताइएको छ । नेकपा एमालेबाट दाङ ३ खबाट प्रदेशसभा सदस्य निर्वाचित भएका उत्तरकुमार वलीको दुर्घटनामा मृत्यु भएको थियो । त्यसपछि उनी सोही क्षेत्रमा भएको उपनिर्वाचनमा विजयी भएकी थिइन् ।

नेकपा विभाजन भएपछि उनी नेकपा (माओवादी केन्द्र) तिर गएकी थिइन् ।