४ भाद्र २०८३, बिहीबार
,
Latest
‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने सार्वजनिक सेवा प्रसारण संस्थालाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न सक्दैन : गगन थापा संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने अख्तियारको त्रासले कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ : मन्त्री गौतम बजेट कार्यान्वयन र कानूनी सुधारमा सरकारको सक्रियता, चालु आ.व.भित्र एक खर्ब राजश्व संकलन राप्रपाले गर्‍यो बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्काशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी महिला टी–२० च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा



अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आसन्न एसीसी महिला टी–२० क्रिकेट च्याम्पियनसिपका लागि १५ सदस्यीय खेलाडीको नाम सार्वजनिक गरेको छ । आगामी असार ३ गतेदेखि ११ गतेसम्म मलेसियामा हुने उक्त प्रतियोगिताका लागि क्यानले रुबिना क्षेत्रीको कप्तानीमा १५ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको हो ।

प्रारम्भिक टोलीमा रहेका १९ खेलाडीबाट नेपालले अन्तिम टोलीको घोषणा गरेको हो । टोलीमा कप्तान रुबिनासँगै उपकप्तान इन्दु वर्मा, सीता रानामगर, ज्योति पाण्डे, कविता कुँवर, अस्मिना कर्माचार्य, कविता जोशी, ममता चौधरी, मनिषा उपाध्याय, डोली भट्ट, विन्दु रावल, सङ्गीता राई, अपसरी बेगम, काजोल श्रेष्ठ र सबनम राई छनोट भएका छन् ।

उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा बहराइन, भुटान, हङकङ र कुवेत छन् । त्यसैगरी समूह ‘ए’ मा आयोजक मलेसिया, ओमान, कतार, सिङ्गापुर र संयुक्त अरब इमिरेट्स (युएई) छन् । समूह चरणका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।