• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   सांसद शर्मा भन्छन्: छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ ★   गोविन्दा र कृष्णा बीचको झगडा समाप्तः छोराको साथमा भान्जी आरतीको विवाहमा पुगे ★   प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट ★   न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक– तस्बिरहरू ★   ६ एसएसपीको सरुवा, काठमाडौं प्रमुखमा को आए ? ★   अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन गृह मन्त्रालयको निर्देशन ★   सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाइँदै ★   प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट ★   कीर्तिमानी कोहलीः १० सिजनमा ४०० भन्दा बढी रन बनाउने पहिलो ब्याट्सम्यान ★   आईपीएलमा आज: बलियो कोलकाता र पञ्जाब खेल्दै

सम्झना बिर्सनाको गीत सुटिङमा आकाश र पूजाको रोमान्स



काठमाडौं । नायक आकाश श्रेष्ठले नायिका पूजा शर्मा र आफ्नो जोडी दर्शकले मन पराउनु भनेको काम सक्सेसको पुष्टि रहेको बताएका छन् ।

सम्झना बिर्सना फिल्मको एक गीत सुटिङका क्रममा भक्तपुरमा रङ्ग पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । नायक श्रेष्ठले फ्यानमाझ गीत सुटिङ गर्न पाउँदा खुशी लागेको बताए । उनले गीत असाध्यै राम्रो भएकोसमेत बताए । उनले यो गीत नयाँपनको गीत भएको र नाच्ने र महशुस गर्ने किसिमको गीत भएको बताए । त्यस्तै नायिका पूजा शर्माले गीतको अभिनय फ्यानमाझ गर्न पाउँदा खुशी लागेको बताइन् । फ्यानहरुलाई फोटो खिच्नको लागि पर्याप्त समय दिन नसकेको भन्दै उनले आगामी दिनमा फ्यानहरुसँग बसेर फोटो खिच्ने पनि बताइन् । उनले फिल्ममा दार्जलिङको चिया बगानको संघर्ष पनि समेटिएको बताइन् ।

फिल्म जेठ ६ गतेबाट हलहरुमा चल्ने भनिएपनि विभिन्न कारण स्थगित भएको थियो । फिल्म आगामी असार ३१ गतेबाट देशभर प्रदर्शनमा आउनेछ । चलचित्रमा आकाश र पूजाले मुख्य पात्रको भुमिका निर्वाह गरेका छन् । चलचित्रमा सुनिल थापा, छुल्ठिम गुरुङ, शिशिर राणाको पनि मुख्य अभिनय रहेको छ । निमेष प्रधानले निर्देशन गरेको फिल्म दार्जलिङ, सिलगुढी र सिक्किमका रमणीय दृश्यहरुमा छायांकन भएको छ ।

निर्देशक प्रधानकै कथा/पटकथा रहेको रहेको चलचित्रको संवाद लेखनमा कलाकार शिशिर राणाले साथ दिएका छन् । शिव ढकालको छायांकन रहेको फिल्ममा राजन ईशान र सुदर्शन तामाङको संगीत, कमल राईको कोरियोग्राफी र तारा थापा किम्भेले सम्पादन गर्नुभएको छ ।