१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र गैरआवासीय नेपाली संघद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीको विपक्षमा मतदान गर्छु– भीम रावल



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का नेता भीम रावलले एमसीसीको विपक्षमा मतदान गर्ने बताएका छन् । उनले एमसीसीप्रतिको आफ्नो धारणा कायमै रहेको भन्दै विपक्षमा मतदान गर्ने बताएका हुन् ।

यद्यपि उनको पार्टी एमालेले यसअघिको जस्तै सदन अवरोधलाई कायमै राख्ने भएको छ । उनका अनुसार पार्टीले सदन अवरोधलाई जारी राखे पनि उनले एमसीसीको विपक्षमा मतदान गर्नेछन् । “पार्टीले के गर्छ मलाई थाहा भएन, तर म मेरो यसअघिको अडानमा अडिग छु, म एमसीसीको विपक्षमा मतदान गर्छु”, उनले भने । 

उनले एमसीसीलाई व्याख्यात्मक टिप्पणी सच्याउन नसकिने बताए । त्यस्तो टिप्पणीसहितको अनुमोदनले जनतालाई ठग्ने काम हुने उनको भनाइ थियो । उनले ट्विट गर्दै भनेका छन्, “यो महाकाली सन्धिको ‘सङ्कल्प प्रस्ताव’ जस्तै निहित सत्ता स्वार्थका लागि विदेशीको भक्ति गरी मातृभूमिमाथि लात्ती बजार्नु जस्तै हो।”




भर्खरै