२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिसस सिन्धुपाल्चोकको प्रमुखमा कांग्रेसका श्रेष्ठ निर्वाचित



अ+ अ-

सिन्धुपाल्चोक । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनको प्यानल निर्वाचित भएको छ । आज सम्पन्न निर्वाचनमा जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार बालकृष्ण श्रेष्ठ १३ मत ल्याई निर्वाचित हुनुभयो ।

उहाँका प्रतिस्पर्धी नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार गणेश विकले १० मत प्राप्त गर्नुभयो । एक मत खाली रहेको थियो । यहाँ कांग्रेस र समाजवादी तथा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । बाह्र स्थानीय तह रहेको सिन्धुपाल्चोकमा जिसस निर्वाचनका लागि कूल २४ मतदाता रहेका छन् ।

उपप्रमुखमा गठबन्धनबाट समाजवादीका पदमनाथ नेपाल १३ मत प्राप्त गरी विजयी हुनुभयो । नेपालका प्रतिस्पर्धी एमालेका उम्मेदवार जङ्गप्रताप सिलवालले ११ मत प्राप्त गर्नुभयो । समन्वय समितिको सदस्यमा समाजवादीबाट एक र कांग्रेसबाट छ जनाले १३÷१३ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत चन्द्रप्रकाश तिवारीले जानकारी दिनुभयो ।

जितबहादुर कार्की, बलराम केसी, विक्रम तामाङ, अम्बिका बस्नेत, ढकमाया सेतो कोइराला, सोममाया श्रेष्ठ, तारा नेपाली सदस्यमा विजयी भएका छन् ।