• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   बीउ र बजारको अभावले घट्दैछ ओल खेती ★   प्रतितोला छ सयले घट्यो सुनको मूल्य ★   पारसले दिए सन्दीपलाई बधाई ★   आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी चालकसँग सरकारको वार्ता सुरु ★   फ्यानको माया देखेर रोइन् कियारा आडवाणी ★   उत्कृष्ट गन्तव्य स्थल ‘खुम्बु क्षेत्र’ मा थप पूर्वाधार विस्तार गरिँदै ★   काठमाडौँबाट ६ केजी सुनसहित चिनियाँ नागरिक पक्राउ ★   दोस्रो पटक विश्वकप खेलेको टिमको प्रदर्शनबाट निराश हुनुपर्ने अवस्था छैन: खेलकुद मन्त्री श्रेष्ठ ★   दाजुका लागि देश छोडे, शक्तिशाली शतक बनाएर गरे ठूलो उपलब्धि ★   सत्ता समीकरणमा कुनै समस्या आएको छैन: उपप्रधानमन्त्री लामिछाने

पूर्वाधार क्षेत्रमा लगानी भित्राएर तरलतालाई कम गर्दै लगिनेः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पूर्वाधार क्षेत्रमा लगानी भित्राएर तरलतालाई कम गर्दै लगिने बताउनुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित आइएमई लिमिटेडको २२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पूर्वाधार क्षेत्रमा लगानी भित्राएर र भएको पुँजि परिचालन गरेर तरलतालाई कम गर्दै लगिने बताउनुभएको हो । उहाँले केही नीतिगत कुराले पनि तरलतामा असर गरेको भन्दै नीतिगत रुपमा पनि आवश्यक सुधार गरिने बताउनुभयो । उहाँले नीतिगत सुधार गर्दा व्यवसायीहरुको मागलाई पनि ध्यान दिइने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘जहाँसम्म तरलताको कुरा छ । तरलताका कुराहरुमा केही नीतिगत कुराहरुले पनि काम गरेका छन् । यहाँहरुलाई थाहा छ, म अहिले त्यो व्याख्या गर्न चाहान्न । तिनलाई हामी अब आउने मनिटरिङ पोलिसीले सुधार गर्नुपर्ने छ । राष्ट्रबैंकको प्रतिनिधि पनि यहाँ हुनुहुन्छ । व्यवसायीहरुले भनेका कुरा पनि उहाँले सुन्नुभएको छ । मनिटरिङ पोलिसीमार्फत् सुधार गर्न सम्भव भएकाहरु सुधार गरिनेछ । त्यतिमात्रै नभएर अब हामी विभिन्न क्षेत्रको लगानी भित्राउनेछौँ । पूर्वाधार क्षेत्रमा हामी लगानी भित्राउने छौँ । त्यो लगानी भित्राउने र हामीसँग भएको पुँजिको परिचालन गर्ने कुराबाट तरलतालाई न्युन गर्दै जान सकिन्छ भन्ने कुरा म यहाँ राख्न चाहान्छु ।’

अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटले नेपालको प्राकृतिक स्रोतको परिचालन गरेर विदेशी मुद्रा भित्राउने लक्ष्य राखेको बताउनुभयो । उहाँले उत्पादन वृद्धि गरेर निर्यात गरी विदेशी मुद्रा आर्जन गरिने उल्लेख गर्नुभयो । मन्त्री शर्माले सेवा निर्यातलाई पनि प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘यो बजेटले रेमिटेन्सको रुपमा आउने पैसा मात्रै ल्याउने उद्देश्य राखेको छैन । विशेष रुपमा विदेशी मुद्रा भित्राउने महत्वकांक्षी लक्ष्य राखेको छ । हामीलाई प्रकृतिले उपलब्ध गराएको वस्तुहरु, प्राकृतिक स्रोतको परिचालन गरेर, तिनको उत्खनन्, प्रशोधन, प्याकिङ गरेर अन्तर्राष्ट्रिय बजारमा पुर्याउने र त्यसबाट विदेशी मुद्रा आर्जन गर्ने लक्ष्य हामीले राखेका छौँ । उत्पादन वृद्धि गरेर निर्यात गर्ने र विदेशी मुद्रा आर्जन गर्ने हाम्रो लक्ष्य रहेको छ । त्यस हुनाले औद्योगिक उत्पादन र कृषि उत्पादन बाट मात्रै होइन, सेवा निर्यातलाई पनि प्राथमिकता दिएका छौँ । सेवा निर्यातको क्षेत्रमा भएका प्रयासहरुलाई प्रोत्साहन गर्ने गरी त्यस सन्दर्भका कर लगायतका विषयहरुलाई समाधान गरेका छौँ । औद्योगिक क्षेत्र, कृषि क्षेत्र र सेवा क्षेत्रबाट सेवा निर्यात गरेर वैदेशिक मुद्रा आर्जन गर्ने लक्ष्य लिएको छ ।’

उहाँले श्रमयोग्य जनक्तिलाई उनीहरुको चाहाना अनुसारको तालिम दिएर योग्य जनशक्ति बनाइने बताउनुभयो । मन्त्री शर्माले व्यापार घाटालाई सन्तुलनमा ल्याउनका लागि उत्पादनमा आधारित कर्मलाई अगाडी बढाउनुपर्ने र आत्मनिर्भर हुनुपर्ने बताउनुभयो ।