• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   सोमपालले दिलाए नेपाललाई पहिलो सफलता ★   मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी ★   अफ्रिकी किशोरी भन्छन् – नेपाली भाषा र संस्कृति लैजान्छौँँ ★   गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे ★   एसिसी प्रिमियर कप: नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य ★   ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा ★   युएईविरुद्ध नेपालले गुमायो सातौं विकेट ★   युएईविरुद्ध अर्धशतक बनाएर आउट भए सन्दीप जोरा, नेपालको छैटौं विकेट पतन ★   युएईविरुद्ध नेपालले गुमायो पाँचौं विकेट, दिपेन्द्रसिंह ऐरी ५ रनमा आउट ★   कसरी गर्ने पदयात्राको तयारी ?

ब्यूँतियो ‘रअ बार्ज’को -याप ब्याटल, नेपाली संगीतलाई संसारभर फैलाउने सपना



काठमाडौं । नब्बेको दशकमा अमेरिकाबाट सुरुवात भएको मानिने हिपअप संगीतअन्तरगतको रचनात्मक र रोमाञ्चक विधा ‘-याप ब्याटल’ले नेपाली युवामनहरुमा हलचल ल्याइदिएको छ ।

अमेरिकाबाटै सुरु भएको हिपअप म्यूजिकको लोकप्रियताले नेपाललाई पनि छोयो । केहीपछि हिपअप म्यूजिक विधा प्रयोग गरेर रचनात्मक क्षमता भएकाहरुले हिपअप शैली अर्थात ¥याप शैलीमा गाउँदै ब्याटल गर्ने प्रचलन बढ्दै गयो । नेपालमा ¥याप ब्याटलको औपचारिक सुरुवात नै भएको पनि ९ वर्ष बढी भइसक्यो । पछिल्लो समय युवाहरुको रोजाई बन्न सफल -याप म्यूजिकअन्तर्गतका ब्याटल श्रृंखलाहरुले बिस्तारै श्रोता–दर्शकको मन तान्न थालेको छ ।

नेपालमा -याप ब्याटलको प्रसंग उठाउनेबित्तिकै अधिकांश युवाहरुले ‘रअ बार्ज’(च्बध द्यबचश)को नाम सम्झिन्छन् । हिपअप संगीतको प्रवद्र्धनकै लागि स्थापित ‘रअ बार्ज’ले -याप ब्याटललाई पुनर्जिवित गराउँदै यसलाई व्यवसायिक रुप दिन खोजिरहेको छ ।

‘रअ बार्ज’को इतिहास

कोलिन राणाले आफू सेन्ट जेभियर्समा पढ्दादेखि नै एक्सक्लूसिभ इन्टरटेनमेन्ट नामको कम्पनी स्थापना गरेका थिए । उनले यो कम्पनीमार्फत हिपअप ब्याण्डको व्यवसायिक सुरुवात गरे । सन् २०१० मा कम्पनी खोलेका उनको २०११ मा यम बुद्धसँग भेट भयो । त्यसपछि हिपअपमा गएको मनले यही विधालाई थप प्रवद्र्धन गर्ने अठोट लियो ।

त्यसपछि कोलिन राणाको अगुवाईमा ‘एक्सक्लूसिभ नाइट वान’ नामको इभेन्ट आयोजना भयो । त्यहाँ ¥याप ब्याटल पनि भयो । त्यो कार्यक्रम युवामाझ निकै हिट भयो । त्यसपछि यही टिमले सन् २०१३ मा ‘एक्सक्लूसिभ नाइट टू’को योजना गर्ने निधो गर्यो । -याप ब्याटललाई नेपालमा पनि व्यवसायिक बनाउँदै लैजानुपर्ने सोंचसहित यम बुद्ध, राणा लगायतको टिमले कार्यक्रमको नाम ‘रअ बार्ज’ राख्यो । ‘रअ बार्जको’ -याप ब्याटल भनेपछि युवाहरुमा आकर्षण बढ्दै गयो । ४ जनाले स्थापना गरेको ‘रअ बार्ज’ नामको इभेन्ट अत्यधिक लोकप्रिय भएपछि यसैलाई कम्पनीको रुप दिइयो र जन्मियो ‘रअ बार्ज कम्पनी प्रालि’ ।

‘रअ बार्ज’को जन्मपछि पनि  अजब गजबका -याप ब्याटल आयोजना भए । त्यही बीचमा ‘र बार्ज’बाट यम बुद्ध अलग भए । तर राणा लगायतको टिमले भने ¥याप ब्याटललाई अगाडि बढाउने निधोसहित काम पुनः सुरु गर्यो ।

काठमाण्डौ केन्द्रीत पहिलो -याप ब्याटल गर्दा त्यसमा १६ -यापर सहभागी भए । ब्याटल पहिला पनि हुन्थ्यो, तर स्टेजमै -यापरलाई उतारेर व्यवसायिक रुपले त्यस्तो कार्यक्रम आयोजना भएको थिएन ।

-याप ब्याटलको दोश्रो सिजन २०१३ मा भयो । तेश्रो सिजन २०१६ मा भयो । त्यसपछि राणाले नेपाली म्यूजिकलाई हिपअपमार्फत विदेशमा पनि पुर्याउनुपर्छ भन्ने भावनाबाट प्रेरित भई अमेरिकामा ध्यान केन्द्रीत गरे । २०१८ देखि ०१९ सम्म त्यही केन्द्रीत भई उनले यूएसमा -याप ब्याटलको इभेन्ट नै आयोजना गरी नेपाली गीत–संगीतको प्रवद्र्धन गरे । त्यसपछि यो टिमले भारत, बेलायत लगायतका देशमा पनि ¥याप ब्याटल गर्यो । नेपालीभाषी मात्र नभई विदेशका संगीतप्रेमी युवावर्गमा पनि ‘रअ बार्ज’ले चर्चा बटुल्दै गयो ।

अमेरिकामा अर्को संस्करणको ब्याटल आयोजना गर्ने योजना बनाइरहेको बेला कोभिड संक्रमणले महामारीको रुपमा लिन थाल्यो । त्यसपछि युवाहरुको ‘रअ बार्ज’ पनि केही सेलाएजस्तो देखियो ।

रायमाझीको प्रवेशपछि ‘रअ बार्ज’को पुनर्जीवन

कोभिडको संक्रमण लगभग नरहेपछि अब राणा लगायतको टिमले पुनः ‘रअ बार्ज’लाई सक्रिय बनाई -याप ब्याटललाई अगाडि बढाइसकेको छ । हाल देशका मुख्य शहरहरुमा ¥याप ब्याटलका लागि अडिसन सकिइसकेको छ ।

युवाहरुमार्फत -याप ब्याटल यति लोकप्रिय भइसक्यो कि, रअ बार्जले ब्याटलका लागि आवेदन आह्वान गर्दा डिजीटल अडिसनमा मात्रै छोटो समयमा ३ हजार बढीको सहभागिता भयो ।

फिजिकल अडिसनमा पनि -यापरहरुको उल्लेख्य सहभागिता रहेको ‘रअ बार्ज’का चेयरम्यान प्रवेश रायमाझीले जानकारी दिए ।

रायमाझी पनि संगीत उद्यमी हुन् । उनी युवाहरुमाझ लोकप्रिय भएर पनि सक्रिय हुन नसकेको ‘रअ बार्ज’लाई ब्यूँताएर -यापरहरुलाई सही बाटोमा ल्याउनेदेखि लिएर हिपअप म्यूजिकको राष्ट्रिय/अन्तराष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्न तल्लीन व्यक्ति हुन् । हाल रायमाझीको नेतृत्वको ‘रअ बार्ज’ले नयाँ काचुली फेरेको छ । -याप ब्याटलका विभिन्न अडिसनहरु भइरहेका छन् । रायमाझीको नेतृत्व पाएपछि ‘रअ बार्ज’ पुनः जागेको छ । ‘प्रवेश दाई आएपछि हामीमा नयाँ उत्साह थपिएको छ ।’ राणा भन्छन्–‘अब हामी छिट्दै हाम्रो ब्याटलका अडिसन र एलिमेनेसन राउण्ड सकेर लाइभ राउण्डका लागि टप ४० प्रतिस्पर्धी छान्दैछौं ।’

प्रवेशलाई पनि सानैदेखि हिपअप म्यूजिकमा चासो थियो । आफू -यापर नभए पनि -यापलाई माया गर्ने भएका कारण पछिल्लो समय रायमाझीले ‘रअ बार्ज’लाई टेकओभर गरे ।

नेपालको मौलिक संस्कृतिमा लोकदोहोरी भनेजस्तै हिपअप म्यूजिकमा खेलिने दोहोरीलाई रायमाझी -याप ब्याटल भन्छन् । ‘यो पनि निकै रचनात्मक हुन्छ ।’ उनले थपे–‘दुई व्यक्तिबीच हिपअप म्यूजिकको विधामार्फत -याप ब्याटल हुन्छ । सो क्रममा एकअर्काविरुद्धका भडाँस पोख्ने मात्र नभई देशको सिस्टम, राजनीतिक विकृति, सामाजिक विषय वा विकृति लगायतमा एकअर्काले गतिलो प्रहार गरी -याप गाउँछन् ।’

यसपटकको स्थानीय निकायको निर्वाचनमा उठेर काठमाण्डौ महानगरपालिकाको मेयरमा निर्वाचित बालेन शाह पनि -यापर नै हुन् । र, उनलाई व्यवसायिक छवि बनाइदिने काम पनि ‘र बार्ज’ले नै गरिदिएको थियो ।

सानेपामा विद्यालय समेत चलाइरहेका रायमाझीले किन लिए त ‘रअ बार्ज’को जिम्मेवारी आफ्नो काँधमा ? उनी भन्छन्–‘एउटा इभेन्टमा म सहभागी भएको थिएँ । त्यसपछि भने आफैं केही गर्ने हुटहुटी भयो । अर्को कारण चाहिँ म आफैंलाई मन पर्ने -यापर यमबुद्धको लेगेसी भएको कम्पनी हो, त्यही भएर पनि पुनः सुरु गर्ने सोंच आयो ।’

यम बुद्ध हाल यो संसारमा नरहे पनि रअ बार्जलाई चिनाउने र आजसम्मको अवस्थामा ल्याउने काममा उनको महत्वपूर्ण भूमिका रहेको रायमाझी बताउँछन । फेरि, ‘रअ बार्ज’ यस्तो प्लेटफर्म हो, जहाँबाट लाहुरे, बालेन जस्ता धेरै चर्चित ¥यापर जन्मिएका छन्, जो अहिले व्यवसायिक रुपमा सफल पनि मानिन्छन् ।

‘रअ बार्ज’को जिम्मेवारी लिएपछि रायमाझी समेत हिजोआज हिपअप म्यूजिक प्रवद्र्धनमा जुटेका छन् । -याप ब्याटलको पछिल्लो अडिसन २०२२ फेब्रुअरीबाट सुरु भएको छ । युवाहरुको अत्यधिक सहभागिता देखेर रायमाझी खुशी छन् । ‘मेरो उद्देश्य भनेको नेपाली म्यूजिक र हिपअपलाई फ्यूजन गरेर लैजाने हो ।’ उनले भने–‘नेपाली म्यूजिकलाई विभिन्न देशसम्मै पुर्याउने हो ।’

पछिल्लो समय समाजमा ¥यापरहरु लागूऔषध दुव्र्यसनमा फस्ने गर्छन् भन्ने गलत धारणाको विकास हुँदैछ । रायमाझीले यो कुरा धेरै नजिकबाट बुझेका छन् र नै -याप ब्याटललाई एन्टी ड्रग क्याम्पेनसँग पनि जोडिदिएका छन् । ‘कुनै पनि लागूपदार्थ सेवन गर्नेलाई हामीले ब्याटलमा स्थान नै दिंदैनौं ।’ रायमाझी भन्छन्–‘कुलतमा फसेकाहरुलाई बाहिर निकालेर उपयुक्त काम र रोजगारी समेत दिने काम पनि गरिरहेका छौं ।’

रायमाझी आएपछि उनले बेखर्ची -यापरहरुलाई काम समेत दिएका छन् । त्यस्ता -यापरहरुलाई बस्नेदेखि गरिखाने ठाउँसम्मको व्यवस्थापन गरिदिइरहेको उनको भनाई छ ।

‘हामीले -यापरहरुको व्यक्तित्व विकासलाई समेत विशेष ध्यान दिएर काम गरिरहेका छौं ।’ रायमाझी भन्छन्–‘इन्टरनेशनल मार्केट अनुकूलको ट्यालेन्ट हामी जन्माउँछौं, यो मेरो अठोट हो ।’

रायमाझीको आफ्नो छुट्टै म्यूजिक कम्पनी पनि छ । त्यसलाई समेत ‘रअ बार्ज’सँगै दौडाउन चाहेका छन् । ‘यहाँ ट्यालेन्टहरुलाई तयार गरी हाम्रो ¥याप ब्याटल विभिन्न देशसम्म लिएर जान्छौं ।’ उनले भने–‘संसारमा म्यूजिकमा लगानी गर्नेहरु अर्बपति भइसके । हाम्रोमा पनि कलाकारिताप्रतिको दृष्टिकोण नै गलत छ । यसलाई आमूल सुधार गरी -याप ब्याटल गर्ने प्रतिभाहरुले पनि राम्रो कमाउन सक्छन् भन्ने मान्यता स्थापित गर्नु छ ।’

सुरुवातका दिनहरुमा हिपअप म्यूजिकको नाम सुन्दा पनि मानिसहरु हास्थे, तर अहिले बिस्तारै कुरा बुझ्ने जमात ठूलो हुँदै गएको उनको ठम्याई छ । ‘अब त मानिसले कुरा बुझ्न थाले । हिपअप र -याप ब्याटललाई सबैले स्वीकारिसके । यो विधालाई बुझ्ने क्राउड पनि नेपालमा पाउन थालियो ।’ उनी थप्छन् ।

‘रअ बार्ज’का अभियन्ता लोकसंगीत र -यापलाई फ्यूजन गरेर अगाडि बढ्न चाहन्छन् । ‘-याप ब्याटल बाहिरको अवधारणा हो, तर यसलाई परिस्कृत गरेर नेपाली परम्परागत म्यूजिकको समेत फ्यूजन गरी अगाडि बढ्न सकिने रहेछ ।’ रायमाझी भन्छन्–‘फेरि हामी -याप ब्याटल र शो मात्र गर्न आएका होइनौं । योसँगै हामीले युवा पुस्तालाई ज्ञान पनि बाँड्नुछ । अझ एउटा ¥यापरले ¥याप गाएरै जीवन निर्वाह गर्नसक्ने अवस्था बनाउनुछ ।’