४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

ब्यूँतियो ‘रअ बार्ज’को -याप ब्याटल, नेपाली संगीतलाई संसारभर फैलाउने सपना

ब्यूँतियो ‘रअ बार्ज’को -याप ब्याटल, नेपाली संगीतलाई संसारभर फैलाउने सपना
अ+ अ-

काठमाडौं । नब्बेको दशकमा अमेरिकाबाट सुरुवात भएको मानिने हिपअप संगीतअन्तरगतको रचनात्मक र रोमाञ्चक विधा ‘-याप ब्याटल’ले नेपाली युवामनहरुमा हलचल ल्याइदिएको छ ।

अमेरिकाबाटै सुरु भएको हिपअप म्यूजिकको लोकप्रियताले नेपाललाई पनि छोयो । केहीपछि हिपअप म्यूजिक विधा प्रयोग गरेर रचनात्मक क्षमता भएकाहरुले हिपअप शैली अर्थात ¥याप शैलीमा गाउँदै ब्याटल गर्ने प्रचलन बढ्दै गयो । नेपालमा ¥याप ब्याटलको औपचारिक सुरुवात नै भएको पनि ९ वर्ष बढी भइसक्यो । पछिल्लो समय युवाहरुको रोजाई बन्न सफल -याप म्यूजिकअन्तर्गतका ब्याटल श्रृंखलाहरुले बिस्तारै श्रोता–दर्शकको मन तान्न थालेको छ ।

नेपालमा -याप ब्याटलको प्रसंग उठाउनेबित्तिकै अधिकांश युवाहरुले ‘रअ बार्ज’(च्बध द्यबचश)को नाम सम्झिन्छन् । हिपअप संगीतको प्रवद्र्धनकै लागि स्थापित ‘रअ बार्ज’ले -याप ब्याटललाई पुनर्जिवित गराउँदै यसलाई व्यवसायिक रुप दिन खोजिरहेको छ ।

‘रअ बार्ज’को इतिहास

कोलिन राणाले आफू सेन्ट जेभियर्समा पढ्दादेखि नै एक्सक्लूसिभ इन्टरटेनमेन्ट नामको कम्पनी स्थापना गरेका थिए । उनले यो कम्पनीमार्फत हिपअप ब्याण्डको व्यवसायिक सुरुवात गरे । सन् २०१० मा कम्पनी खोलेका उनको २०११ मा यम बुद्धसँग भेट भयो । त्यसपछि हिपअपमा गएको मनले यही विधालाई थप प्रवद्र्धन गर्ने अठोट लियो ।

त्यसपछि कोलिन राणाको अगुवाईमा ‘एक्सक्लूसिभ नाइट वान’ नामको इभेन्ट आयोजना भयो । त्यहाँ ¥याप ब्याटल पनि भयो । त्यो कार्यक्रम युवामाझ निकै हिट भयो । त्यसपछि यही टिमले सन् २०१३ मा ‘एक्सक्लूसिभ नाइट टू’को योजना गर्ने निधो गर्यो । -याप ब्याटललाई नेपालमा पनि व्यवसायिक बनाउँदै लैजानुपर्ने सोंचसहित यम बुद्ध, राणा लगायतको टिमले कार्यक्रमको नाम ‘रअ बार्ज’ राख्यो । ‘रअ बार्जको’ -याप ब्याटल भनेपछि युवाहरुमा आकर्षण बढ्दै गयो । ४ जनाले स्थापना गरेको ‘रअ बार्ज’ नामको इभेन्ट अत्यधिक लोकप्रिय भएपछि यसैलाई कम्पनीको रुप दिइयो र जन्मियो ‘रअ बार्ज कम्पनी प्रालि’ ।

‘रअ बार्ज’को जन्मपछि पनि  अजब गजबका -याप ब्याटल आयोजना भए । त्यही बीचमा ‘र बार्ज’बाट यम बुद्ध अलग भए । तर राणा लगायतको टिमले भने ¥याप ब्याटललाई अगाडि बढाउने निधोसहित काम पुनः सुरु गर्यो ।

काठमाण्डौ केन्द्रीत पहिलो -याप ब्याटल गर्दा त्यसमा १६ -यापर सहभागी भए । ब्याटल पहिला पनि हुन्थ्यो, तर स्टेजमै -यापरलाई उतारेर व्यवसायिक रुपले त्यस्तो कार्यक्रम आयोजना भएको थिएन ।

-याप ब्याटलको दोश्रो सिजन २०१३ मा भयो । तेश्रो सिजन २०१६ मा भयो । त्यसपछि राणाले नेपाली म्यूजिकलाई हिपअपमार्फत विदेशमा पनि पुर्याउनुपर्छ भन्ने भावनाबाट प्रेरित भई अमेरिकामा ध्यान केन्द्रीत गरे । २०१८ देखि ०१९ सम्म त्यही केन्द्रीत भई उनले यूएसमा -याप ब्याटलको इभेन्ट नै आयोजना गरी नेपाली गीत–संगीतको प्रवद्र्धन गरे । त्यसपछि यो टिमले भारत, बेलायत लगायतका देशमा पनि ¥याप ब्याटल गर्यो । नेपालीभाषी मात्र नभई विदेशका संगीतप्रेमी युवावर्गमा पनि ‘रअ बार्ज’ले चर्चा बटुल्दै गयो ।

अमेरिकामा अर्को संस्करणको ब्याटल आयोजना गर्ने योजना बनाइरहेको बेला कोभिड संक्रमणले महामारीको रुपमा लिन थाल्यो । त्यसपछि युवाहरुको ‘रअ बार्ज’ पनि केही सेलाएजस्तो देखियो ।

रायमाझीको प्रवेशपछि ‘रअ बार्ज’को पुनर्जीवन

कोभिडको संक्रमण लगभग नरहेपछि अब राणा लगायतको टिमले पुनः ‘रअ बार्ज’लाई सक्रिय बनाई -याप ब्याटललाई अगाडि बढाइसकेको छ । हाल देशका मुख्य शहरहरुमा ¥याप ब्याटलका लागि अडिसन सकिइसकेको छ ।

युवाहरुमार्फत -याप ब्याटल यति लोकप्रिय भइसक्यो कि, रअ बार्जले ब्याटलका लागि आवेदन आह्वान गर्दा डिजीटल अडिसनमा मात्रै छोटो समयमा ३ हजार बढीको सहभागिता भयो ।

फिजिकल अडिसनमा पनि -यापरहरुको उल्लेख्य सहभागिता रहेको ‘रअ बार्ज’का चेयरम्यान प्रवेश रायमाझीले जानकारी दिए ।

रायमाझी पनि संगीत उद्यमी हुन् । उनी युवाहरुमाझ लोकप्रिय भएर पनि सक्रिय हुन नसकेको ‘रअ बार्ज’लाई ब्यूँताएर -यापरहरुलाई सही बाटोमा ल्याउनेदेखि लिएर हिपअप म्यूजिकको राष्ट्रिय/अन्तराष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्न तल्लीन व्यक्ति हुन् । हाल रायमाझीको नेतृत्वको ‘रअ बार्ज’ले नयाँ काचुली फेरेको छ । -याप ब्याटलका विभिन्न अडिसनहरु भइरहेका छन् । रायमाझीको नेतृत्व पाएपछि ‘रअ बार्ज’ पुनः जागेको छ । ‘प्रवेश दाई आएपछि हामीमा नयाँ उत्साह थपिएको छ ।’ राणा भन्छन्–‘अब हामी छिट्दै हाम्रो ब्याटलका अडिसन र एलिमेनेसन राउण्ड सकेर लाइभ राउण्डका लागि टप ४० प्रतिस्पर्धी छान्दैछौं ।’

प्रवेशलाई पनि सानैदेखि हिपअप म्यूजिकमा चासो थियो । आफू -यापर नभए पनि -यापलाई माया गर्ने भएका कारण पछिल्लो समय रायमाझीले ‘रअ बार्ज’लाई टेकओभर गरे ।

नेपालको मौलिक संस्कृतिमा लोकदोहोरी भनेजस्तै हिपअप म्यूजिकमा खेलिने दोहोरीलाई रायमाझी -याप ब्याटल भन्छन् । ‘यो पनि निकै रचनात्मक हुन्छ ।’ उनले थपे–‘दुई व्यक्तिबीच हिपअप म्यूजिकको विधामार्फत -याप ब्याटल हुन्छ । सो क्रममा एकअर्काविरुद्धका भडाँस पोख्ने मात्र नभई देशको सिस्टम, राजनीतिक विकृति, सामाजिक विषय वा विकृति लगायतमा एकअर्काले गतिलो प्रहार गरी -याप गाउँछन् ।’

यसपटकको स्थानीय निकायको निर्वाचनमा उठेर काठमाण्डौ महानगरपालिकाको मेयरमा निर्वाचित बालेन शाह पनि -यापर नै हुन् । र, उनलाई व्यवसायिक छवि बनाइदिने काम पनि ‘र बार्ज’ले नै गरिदिएको थियो ।

सानेपामा विद्यालय समेत चलाइरहेका रायमाझीले किन लिए त ‘रअ बार्ज’को जिम्मेवारी आफ्नो काँधमा ? उनी भन्छन्–‘एउटा इभेन्टमा म सहभागी भएको थिएँ । त्यसपछि भने आफैं केही गर्ने हुटहुटी भयो । अर्को कारण चाहिँ म आफैंलाई मन पर्ने -यापर यमबुद्धको लेगेसी भएको कम्पनी हो, त्यही भएर पनि पुनः सुरु गर्ने सोंच आयो ।’

यम बुद्ध हाल यो संसारमा नरहे पनि रअ बार्जलाई चिनाउने र आजसम्मको अवस्थामा ल्याउने काममा उनको महत्वपूर्ण भूमिका रहेको रायमाझी बताउँछन । फेरि, ‘रअ बार्ज’ यस्तो प्लेटफर्म हो, जहाँबाट लाहुरे, बालेन जस्ता धेरै चर्चित ¥यापर जन्मिएका छन्, जो अहिले व्यवसायिक रुपमा सफल पनि मानिन्छन् ।

‘रअ बार्ज’को जिम्मेवारी लिएपछि रायमाझी समेत हिजोआज हिपअप म्यूजिक प्रवद्र्धनमा जुटेका छन् । -याप ब्याटलको पछिल्लो अडिसन २०२२ फेब्रुअरीबाट सुरु भएको छ । युवाहरुको अत्यधिक सहभागिता देखेर रायमाझी खुशी छन् । ‘मेरो उद्देश्य भनेको नेपाली म्यूजिक र हिपअपलाई फ्यूजन गरेर लैजाने हो ।’ उनले भने–‘नेपाली म्यूजिकलाई विभिन्न देशसम्मै पुर्याउने हो ।’

पछिल्लो समय समाजमा ¥यापरहरु लागूऔषध दुव्र्यसनमा फस्ने गर्छन् भन्ने गलत धारणाको विकास हुँदैछ । रायमाझीले यो कुरा धेरै नजिकबाट बुझेका छन् र नै -याप ब्याटललाई एन्टी ड्रग क्याम्पेनसँग पनि जोडिदिएका छन् । ‘कुनै पनि लागूपदार्थ सेवन गर्नेलाई हामीले ब्याटलमा स्थान नै दिंदैनौं ।’ रायमाझी भन्छन्–‘कुलतमा फसेकाहरुलाई बाहिर निकालेर उपयुक्त काम र रोजगारी समेत दिने काम पनि गरिरहेका छौं ।’

रायमाझी आएपछि उनले बेखर्ची -यापरहरुलाई काम समेत दिएका छन् । त्यस्ता -यापरहरुलाई बस्नेदेखि गरिखाने ठाउँसम्मको व्यवस्थापन गरिदिइरहेको उनको भनाई छ ।

‘हामीले -यापरहरुको व्यक्तित्व विकासलाई समेत विशेष ध्यान दिएर काम गरिरहेका छौं ।’ रायमाझी भन्छन्–‘इन्टरनेशनल मार्केट अनुकूलको ट्यालेन्ट हामी जन्माउँछौं, यो मेरो अठोट हो ।’

रायमाझीको आफ्नो छुट्टै म्यूजिक कम्पनी पनि छ । त्यसलाई समेत ‘रअ बार्ज’सँगै दौडाउन चाहेका छन् । ‘यहाँ ट्यालेन्टहरुलाई तयार गरी हाम्रो ¥याप ब्याटल विभिन्न देशसम्म लिएर जान्छौं ।’ उनले भने–‘संसारमा म्यूजिकमा लगानी गर्नेहरु अर्बपति भइसके । हाम्रोमा पनि कलाकारिताप्रतिको दृष्टिकोण नै गलत छ । यसलाई आमूल सुधार गरी -याप ब्याटल गर्ने प्रतिभाहरुले पनि राम्रो कमाउन सक्छन् भन्ने मान्यता स्थापित गर्नु छ ।’

सुरुवातका दिनहरुमा हिपअप म्यूजिकको नाम सुन्दा पनि मानिसहरु हास्थे, तर अहिले बिस्तारै कुरा बुझ्ने जमात ठूलो हुँदै गएको उनको ठम्याई छ । ‘अब त मानिसले कुरा बुझ्न थाले । हिपअप र -याप ब्याटललाई सबैले स्वीकारिसके । यो विधालाई बुझ्ने क्राउड पनि नेपालमा पाउन थालियो ।’ उनी थप्छन् ।

‘रअ बार्ज’का अभियन्ता लोकसंगीत र -यापलाई फ्यूजन गरेर अगाडि बढ्न चाहन्छन् । ‘-याप ब्याटल बाहिरको अवधारणा हो, तर यसलाई परिस्कृत गरेर नेपाली परम्परागत म्यूजिकको समेत फ्यूजन गरी अगाडि बढ्न सकिने रहेछ ।’ रायमाझी भन्छन्–‘फेरि हामी -याप ब्याटल र शो मात्र गर्न आएका होइनौं । योसँगै हामीले युवा पुस्तालाई ज्ञान पनि बाँड्नुछ । अझ एउटा ¥यापरले ¥याप गाएरै जीवन निर्वाह गर्नसक्ने अवस्था बनाउनुछ ।’